आदिवासी फिल्म महोत्सव हुँदै



काठमाडौं ।

आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा चौथो आदिवासी चलचित्र महोत्सव २०८१ आयोजना हुने भएको छ।

हालै राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै मौलिक आदीवासी चलचित्र निर्माणमा प्रोत्साहन, अन्तराष्ट्रियकरण गर्ने आदीवासी जनजाति चलचित्र महासंघको अभियान भन्ने नाराका साथ आदीवासी फिल्म फेस्टिभल जेठ २२ गतेदेखि ४ दिन चल्ने महासंघका अध्यक्ष पुर्खाजित राईले जानकारी गराए।

प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुने महोत्सवको पहिलो दिन शुभारम्भ समारोह हुनेछ भने दास्रो र तेस्रो दिन फिल्म प्रर्दशन तथा चौथो दिन अवार्ड प्रदानसंगै महोत्सवको समापन हुनेछ।

महोत्सवमा लिम्बू भाषाको सुगुप, तामाङ भाषाको दार्वुङ, गुरुङ भाषाको मार्कली, मगर भाषाको रोस, थारू भाषाको जितिया २, राजवंशी भाषाको मोख, भुजेल भाषाको जन्मेदेखि मृत्यु संस्कार, नर्वेको विषेश प्रर्दशन इन्डिजिनियस पुलिसलगायत फिल्म तथा वृत्तचित्र प्रदर्शन गरिनेछ।

महोत्सवमा उत्कृष्ट हुने फिल्मलाई २० हजार, वृत्तचित्रलाई १० हजार र लघु फिल्मलाई १० हजार, पब्लिक च्वाइस अवार्ड विजेता फिल्मलाई ३५ हजार नगद पुरस्कार प्रदान गरिने संघका अध्यक्ष राईले बताए। संघमा आबद्व १४ जातीय संघ संस्थाको सहआयोजना रहने महोत्सवमा फिल्म प्रदर्शनबाहेक आदीवासी जनजातिको संस्कृति झल्कने  र्‍याम्प वाक, विशेष प्रकारको परिकारको स्टल, फोटो प्रर्दशनी, चित्रकला प्रदर्शनीलगायत विविध सांस्कृतिक कार्यक्रम हुनेछन्।

प्रतिक्रिया दिनुहोस्