एलजीबीटीक्यूआई प्लस सौन्दर्य प्रतियोगिता हुने

28
Shares

काठमाडौं ।

लेस्बियन, समलिंगी, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर र इन्टरसेक्सको पहिचान बोकेका व्यक्तिहरूलाई लक्षित गरी सौन्दर्य प्रतियोगिता फेस अफ एलजीबीटीक्यूआई प्लस आयोजना गरिने भएको छ।

राज्य मिडिया नेटवर्कले यस समुदायको अद्वितीय सौन्दर्य, शक्ति र विविधताको सम्मानमा लुकेका प्रतिभालाई अवसर दिलाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

आयोजकले यस समुदायका युवाको प्रतिभा प्रदर्शन गर्ने, व्यक्तित्व अभिव्यक्त गर्ने र अरूलाई प्रेरित गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको जनाएको छ। साथै, प्रतियोगिताका विजेताले पुरस्कारसहित मोडलिङ क्षेत्रमा थप अवसर प्राप्त गर्ने आयोजकको दाबी छ।