नेपहपको श्रीपेच दोस्रो संस्करणमा



काठमाडौं ।

र्‍याप रियालिटी शो नेपहपको श्रीपेच दोस्रो संस्करण निर्माण घोषणा गरिएको छ। राजधानीमा हालै आयोजित एक कार्यक्रमबीच औपचारिक घोषणासँगै शोको डिजिटल अडिसन पनि खोलिएको छ।

शोमा डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने जनाइएको छ। यसका लागि प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन्। प्राप्त अडिसनमध्ये जर्ज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिने आयोजकले जनाएका छन्।

नेपहपको श्रीपेच २ का विजेताले १० लाख रुपियाँ नगदका साथ वल्र्ड टुर तथा विभिन्न उपहार प्राप्त गर्नेछन्। त्यसैगरी उपविजेताले नगद पाँच लाख साथै विदश प्रस्तुतिको अवसर प्राप्त गर्नेछन्। दुई वर्ष पहिले सम्पन्न पहिलो सिजनमा भाइबर साइमन विजेता भएका थिए भने सहविजेताका रूपमा जेनिश क्षेत्रीले जित हासिल गरेका थिए।

दामी मिडियाले निर्माण गर्ने नेपहपको श्रीपेच–२ मा कन्सेप्ट र डिजाइन सुदीप पोखरेल तथा निर्देशकन निकेश खड्काको रहनेछ। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह केही एपिसोडमा सहभागी हुनेछन् भने कार्यक्रम सञ्चालकको रूपमा सुजता श्रेष्ठले नै निरन्तरता पाउनेछिन्।

कार्यक्रमको प्रसारण कान्तिपुर टेलिभिजन र ओएसआर रियालिटी रहेको छ। कार्यक्रम असारको अन्तिम साताबाट टेलिभिजनमा प्रसारण गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्