हाजिरी जमानतमा छुटे सिरोहिया



काठमाडौं ।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले हाजिर जमानतमा छाडेको छ ।

 सिरोहियालाई फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ अनुसार अनुसन्धानका लागि हिरासतमा राख्न नपर्ने भन्दै छोडेकाे हाे  ।

 फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम परिवारका सदस्यको जमानतमा छोडेकाे सरकारी वकिलले जनकारी दिए  ।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको थियो। जाहेरी परेको झण्डै २० दिनपछि प्रहरीले धनुषाबाट पक्राउ अनुमति लिएको थियो।

प्रतिक्रिया दिनुहोस्