थाक्रेको अध्यक्षमा गणेशमान वाईवा सर्वसम्मत



धादिङ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले थाक्रे गाउँपालिकाको दोस्रो अधिवेशनले गणेशमान वाईवालाई अध्यमा सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न भएको छ ।

गाउँ पालिका कमिटी उपाध्यक्षमा श्यामसुन्दर थापा, सचिवमा दिलिप पौडेल, उपसचिवमा केशव प्याकुरेल र कविता भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यसैयरि लेखा समिति संयोजकमा मुकुन्द रेग्मी निर्वाचित हुनुभएको छ । ७० सदसिय गाउँ पालिका कमिटीमा ३३ प्रतिशत महिला, २० प्रतिशतभन्दा बढी युवा, दलित जनजाति समेत समावेश भएको जिल्ला कमिटी उपसचिव उर्मिला रेग्मीले जानकारीदिनुभयो ।

एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले उद्घाटन गर्दै कामपन्थी पार्टीहरु विच कामका हिसावले पार्टी एकता हुने बताउनु भयो । एमाले जनताको काम र देश विकासको अभियानमा रहेकाले देशमा काम गर्ने राजनितिक दलहरुसँग मात्र पार्टी एकताको पक्षमा रहेको उहाँको भनाई छ ।

अहिले सरकारमा सहभागी रहेका कम्युनिस्ट पार्टीहरु वीच यहि आधारमा एकता सम्भव नरहेको उहाले बताउनु भयो ।
समाजवादीमोर्चा बनाउने कुरामा एमाले सहमत नहुने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले धादिङ जिल्ला इन्चार्ज धर्मदत देवकोटा, जिल्ला अध्यक्ष भूमि त्रिपाठी, केन्द्रिय सदस्य जानुका सिम्खडा, जगन्नाथ नेपाल लगायतले अधिवेशनको शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्