लमजुङमा मर्स्याङदी गाँउपालिकाको सबै भन्दा कम बेरुजु



लमजुङ । 

लमजुङको आठ स्थानीयतह मध्ये सबैभन्दा कम बेरुजु मर्स्याङदी गाँउपालिकाको रहेको पाइएको छ । उक्त पालिकाको आर्थिक बर्ष २०७९÷०८० मा लेखापरिक्षण भएको रकमको शुन्य दशमलव १८ अर्थात २३ लाख ७७ हजार रुपैया मात्र बेरुजु देखिएको हो । जिल्लाका आठ स्थानीय तहमा कार्यान्वयनमा रहेको नौ अर्ब ९० करोड १२ लाख ८२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण भएकोमा १५ करोड ७० लाख ६६ हजार रुपैयाँ बेरुजु देखाइएको छ ।

त्यसै गरी बेसीशहर नगरपालिकामा लेखा परिक्षण भएकोमा शुन्य दशमलव ७१ प्रतिशत अर्थात एक करोड २६ लाख ४७ हजार रुपैया बेरुजु देखिएको छ । सुन्दरवजार नगरपालिकामा लेखा परिक्षण भएको रकमको एक दशमलव चार प्रतिशत अर्थात एक करोड ६० लाख चारहजार रुपैया बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । दुधपोखरी गाउँपालिकामा भने लेखा परिक्षण भएको रकमको एक दशमलव ९४ प्रतिशत रकम अर्थात एक करोड ७८ लाख २६ हजार रुपैया बेरुजु देखिएको छ ।

मध्यनेपाल नगरपालिकामा पनि एक दशमलव ६४ प्रतिशत अर्थात एक करोड ८४ लाख ९० हजार रुपैया बेरुजु देखिएको छ । क्होलासोँथार गाउँपालिकाको भने लेखा परिक्षण भएको रकमको तीन दशमलव ७६ प्रतिशत अर्थात दुई करोड ३२ लाख २८ हजार रुपैया बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको ६१ औँ प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी दोर्दी बेरुजु दोर्दी गाउँपालिकामा र राईनस नगरपालिकामा देखिएको छ । दोर्दीमा तीन दशमलव १९ प्रतिशत अर्थात् तीन करोड ४८ लाख ८६ हजार रुपैया बेरुजु रहेको छ  भने राईनास नगरपालिकामा दुई दशमलव १० अर्थात तीन करोड १५ लाख ६१ हजार रुपैया बेरुजु देखिएको छ ।

जिल्लाका स्थानिय तहहरुमा अघिल्लो आर्थिक वर्षमा नौ अर्ब ६४ करोड १२ लाख ८३ हजार रुपैयाँ बजेटको लेखा परीक्षण भएकोमा २२ करोड पाँच लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्