साधारणीकरण सञ्चार–ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्‍गोष्ठी सम्पन्न



काठमाडौं ।

काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले आयोजना गरेको ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सङ्‍गोष्ठी सम्पन्न भएको छ ।

आइतबार ललितपुरको हात्तीवनस्थित स्कुल अफ आर्ट्स् परिसरमा आयोजना भएको सङ्‍गोष्ठीमा ३६ वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत भएको केयूले जनाएको छ ।

भारतस्थित साउथ एसियन युनिभर्सिटी (दक्षिण एसियाली विश्वविद्यालय) का कुलपति प्रा.डा. केके अग्रवालको प्रमुख आतिथ्य रहेको सङ्‍गोष्ठीमा अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक डा. योशिताका माइक मुख्य वक्ता रहेकी थिइन् ।

भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू) का पूर्वउपकूलपति प्राध्यापक बीके कुठियाला र एमसीयूकै वर्तमान उपकूलपति प्रा.डा. केजी सुरेश वक्ताका रूपमा रहेका थिए । चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीअन्तर्गत स्कुल अफ पोलिटिक्स एन्ड पब्लिक एड्मिनिस्ट्रेसनका उपाध्यक्ष प्रा.डा. हान हङ र इन्डोनेसियाको बालीस्थित पोलिटेक्निक नेगेरी (विश्वविद्यालय) का प्रा.डा. इदा बागुस पुटु सुअम्बाले सञ्चार सिद्धान्तबारे धारणा राखेका थिए ।

केयूका उपकुलपति प्रा.डा. भोला थापाको अध्यक्षता रहेको कार्यक्रममा स्कुल अफ आर्टस्की डिन एकुमाया पुनले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा डा. हेमराज काफ्ले, डा. काशिराज पाण्डेय, डा. दिनेश काफ्ले, आभाष राजोपाध्याय, चुनबहादुर गुरुङ, यमबहादुर दुरा, सुदर्शनप्रसाद दाहालले समानान्तर सत्रहरूको सहजीकरण गरेका थिए ।

केयूका अनुसार केयूका सहप्राध्यापक एवम् भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई दशक पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय सङ्‍गोष्ठी आयोजना गरिएको हो ।

कार्यक्रममा प्राध्यापक रामकृष्ण रेग्मीलाई अभिनन्दन समेत गरिएको थियो । आइतबार ललितपुरको हात्तीवनस्थित स्कुल अफ आर्ट्स् परिसरमा आयोजना भएको सङ्‍गोष्ठीमा ३६ वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत भएको केयूले जनाएको छ ।

भारतस्थित साउथ एसियन युनिभर्सिटी (दक्षिण एसियाली विश्वविद्यालय)का कुलपति प्रा.डा.केके अग्रवालको प्रमुख आतिथ्य रहेको सङ्‍गोष्ठीमा अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक डा। योशिताका माइक मुख्य वक्ता रहेकी थिइन् ।

भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू)का पूर्वउपकूलपति प्राध्यापक बीके कुठियाला र एमसीयूकै वर्तमान उपकूलपति प्रा।डा। केजी सुरेश वक्ताका रूपमा रहेका थिए । चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीअन्तर्गत स्कुल अफ पोलिटिक्स एन्ड पब्लिक एड्मिनिस्ट्रेसनका उपाध्यक्ष प्रा.डा.हान हङ र इन्डोनेसियाको बालीस्थित पोलिटेक्निक नेगेरी (विश्वविद्यालय)का प्रा.डा.इदा बागुस पुटु सुअम्बाले सञ्चार सिद्धान्तबारे धारणा राखेका थिए ।

 केयूका उपकुलपति प्रा।डा। भोला थापाको अध्यक्षता रहेको कार्यक्रममा स्कुल अफ आर्टस्की डिन एकुमाया पुनले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा डा.हेमराज काफ्ले, डा.काशिराज पाण्डेय, डा.दिनेश काफ्ले, आभाष राजोपाध्याय, चुनबहादुर गुरुङ, यमबहादुर दुरा, सुदर्शनप्रसाद दाहालले समानान्तर सत्रहरूको सहजीकरण गरेका थिए ।

केयूका अनुसार केयूका सहप्राध्यापक एवम् भाषा तथा आमसञ्चार विभागका प्रमुख डा.निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई दशक पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय सङ्‍गोष्ठी आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्