नेपाली फिल्म क्षेत्रको नाम सिनेमाण्डु !

252
Shares

काठमाडौं ।

नेपाली फिल्म क्षेत्रलाई सिनेमाण्डु नामांकरण गर्ने विषयमा सहमति र असहमतिमा आवाज उठेका छन्। चलचित्र विकास बोर्डले सोमबार फिल्म सम्बद्ध संस्थासँग नामांकरणबारे भएको छलफलमा फिल्म क्षेत्रको नाम सिनेमाण्डु राख्ने निर्णय गरिएको थियो।

छलफलमा सिनेमाण्डु नामांकरणबारे सहमति जुटेका बोर्डका अध्यक्ष भुवन केसीले बताए। सबै संघसंस्था सिनेमाण्डु नाममा सहमत भएको र बोर्डले यसलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाउने जानकारी गराएका थिए।

मन्त्रालयले यो नामलाई मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र अनुमोदनपछि नेपाली फिल्म क्षेत्रले आधिकारिक नाम पाउने जनाइएको छ।बोर्डले सिनेमाण्डु, कान्तिपुर फिल्म्स् र हिमालय फिल्म्समध्येबाट एक नाममा सहमति कायम गर्नुपर्ने प्रस्ताव गरेको थियो। तर, फिल्म क्षेत्रको नाम सिनेमाण्डु नामांकरण गर्ने निर्णय बाहिरिएस“गै यसको समर्थन र विरोधामा आवाज उठेका छन्।

कतिपयले नेपाली फिल्म क्षेत्रलाई औपचारिक रूपमा नामांकरण गर्नुपर्ने आवश्यकता नरहेको र बोर्डले नामांकरणको साटो फिल्म क्षेत्रको विकासमा ध्यान दिनुपर्ने जनाएका छन्। त्यस्तै, अर्को पक्षले नेपाली फिल्म क्षेत्रको औपचारिक नामकरण हुने भनेको केही नहुनुभन्दा भएको राम्रो भनेको छन्।