अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ



काठमाडौं  । 

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-१ सुन्दरीजलस्थित राष्ट्रिय निकुञ्जको जंगलबाट अवैध लागूऔषध गाँजा करिब १३ किलोग्रामसहित सोही ठाउँ बस्ने ३५ वर्षीय अर्जुन लामालाई सोमबार राति प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

सिरहा, सिरहा नगरपालिका-१२ सारस्वरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका-२ चतरी बस्ने २४ वर्षीय शेख जाहिद र ३५ वर्षीय मोहम्द समसुदिन रहेका छन् । प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज।१२ प ५२४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा २ किलोग्रामसहित धादिङ निलकण्ठ नगरपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग।१ ख २९८५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्