१८ खर्ब ६० अर्बको बजेट, ५ खर्ब बजेट अपुग



काठमाडौं । 

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/ ८२ का निम्ति १८ खर्ब ६० अर्ब ३० करोड रुपियाँ बराबरको बजेट प्रस्तुत गरेका छन् ।

प्रस्तुत बजेट चालू आर्थिक वर्षका निम्ति विनियोजित बजेटभन्दा ६ दशमलव २ प्रतिशतले बढी हो भने संशोधित अनुमानभन्दा २१ दशमलव ५६ प्रतिशतले बढी हो ।

विनियोजित बजेटमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८ दशमलव ९७ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९ दशमलव ७४ प्रतिशत बजेट विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षको बजेटका स्रोतमा १२ खर्ब ३० करोड रुपियाँ राजस्वबाट प्राप्त हुने र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । राजस्व र वैदेशिक अनुदानबाट अपुग हुने ५ खर्ब २ अर्ब रुपियाँभन्दा बढी रकम सरकारलाई अपुग हुने देखिन्छ । जसलाई सरकारले आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब रुपियाँ उठाउने लक्ष्य लिएको छ ।
संघीय सरकारले ४ खर्ब २७ अर्ब रुपियाँ प्रदेश तथा स्थाीय तहमा रकम पठाउने बजेटमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्