अभिनेता शर्मालाई पितृशोक

4.9k
Shares

काठमाडौं ।

ख्यातिप्राप्त अभिनेता हरिहर शर्मालाई पितृशोक परेको छ। उनका पिता निमानन्द शर्मा पोखरेलको एक सय एक वर्षको उमेरमा गत शनिबार कपिलवस्तुस्थित निवासमै निधन भएको हो।

समाजसेवासँगै कृषि पेसामा आवद्ध निमानन्द एक वर्षदेखि अल्जाईमरसँग जुध्दै आएका थिए भने पछिल्लो समय निमोनियाका कारण अस्वस्थ थिए।निमानन्दको परिवारमा अभिनेता हरिहर शर्मा, गोपाल शर्मा, राम शर्मा र मुकुन्द शर्मा गरी चार छोरा र ९५ वर्षिया पत्नी शोभादेवी शर्मा रहेका छन्।

अभिनेता शर्माको परिवार यतिखेर कपिलवस्तुस्थित निवासमै पुगेर निमानन्दको काजक्रिया गरिरहेको छ।