जापानमा पूजार सार्की

112
Shares

काठमाडौं ।

गत बिहीबार रिलिजमा आएको फिल्म पुजार सार्कीको जापान शो भएको छ। जापानमा नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक एकसाथ १५ सय दर्शकले यो फिल्म हेरेका छन्। टोकियोको नाकानो जेरो हलमा भएको शोमा अभिनेता पल शाह र यसका लेखक विकास सुवेदी सहभागी थिए।

शोका आयोजक मध्येका एक पत्रकार सचिन आचार्यले थेगि नसक्नु भिडका साथ फिल्मको शो भएको बताए। उनका अनुसार जापानमा अन्य चार शो तय भएका छन्।

पुजार सार्कीले नेपालमा ब्लकबस्टर व्यापार गरिरहेको छ। दिनेश राउतले निर्देशन गरेको फिल्ममा पलसहित आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बुलगायतकले अभिनय गरेका छन्।