स्याङ्जाका स्थानीय तहमा भएका नमुना कार्यहरू



अमृत अर्याल

संघीय संरचनाअन्तर्गत हाल तीन तहका सरकारहरू अस्तित्वमा छन् । तीन तहमध्ये सर्वसाधारणको जीवन र जीविकासँग सीधै सम्बन्धित तह हो स्थानीय तह । भनिन्छ कि स्थानीय तहहरू भनेका नेतृत्व निर्माणका अभ्यास स्थल, सेवा प्रवाह र विकास निर्माणका सही माध्यम हुन् । लोकतन्त्रलाई गहिरो बनाउने र सुशासनलाई अनुभूत गर्न सक्ने यदि कुनै शासकीय तह छ भने त्यो पनि स्थानीय तह नै हो । स्थानीय तहहरू क्रियाशील, सिर्जनशील र सफल हुँदा समग्र देशकै सरकार सफल हुनेछ । स्याङ्जाका स्थानीय तहहरूमा यस वर्ष थालनी भएका सुशासन, सेवा प्रवाह र स्थानीय आर्थिक विकाससम्बन्धी कामहरू यस प्रकार रहेका छन् ।

भीरकोट नगरपालिका, बयरघारी
–समृद्धिको आधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार सोचका साथ कामहरू अगाडि बढाइएको
– जिल्लाको एकमात्र बालमैत्री नगरपालिका । बालमैत्री घोषणासँगै बाल सहभागिता, बाल अधिकार र यसले ओगटेका धेरै सूचकहरू पूरा भएको अवस्था ।
– विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा, उन्नत जातका बीउ, हाते ट्रयाक्टर अनुदानमा वितरण ।
–कृषि उपज र दूध संकलन केन्द्र स्थापना तथा हाट बजार निर्माण ।
– प्लास्टिकमुक्त नगरपालिका बनाउने अभियान सञ्चालन जसका लागि ३१ लाख बराबरको फाइबर ब्याग निःशुल्क वितरण तथा फाइबर ब्याग सिलाई एवं निर्माणको तालिम सञ्चालन ।
– पूर्णखोप पालिका घोषणा ।
– नदीजन्य पदार्थको उत्खनन आईईई प्रतिवेदनअनुसार नगरपालिकाकै अगुवाइमा उत्खनन र गुणस्तरीय वालुवा, चिप्स र गिट्टी तयार गरी प्रयोगमा ल्याउँदा पूर्वाधारको गुणस्तर तथा आम्दानीमा राम्रो सुधार भएको ।
– फोहर संकलन केन्द्रमै पार्क निर्माण ।
– वार्षिक कार्यक्रमहरूको समग्र सामाजिक परीक्षण, नियमित सार्वजनिक सुनुवाई, बालबालिसँग मेयर कार्यक्रम सञ्चालन भएको ।
– गर्भवती महिलालाई निःशुल्क अण्डा वितरण ।
– जिल्लामै स्थानीय पाठ्यक्रम निर्माण गरी सञ्चालन गर्ने पहिलो पालिका, स्थानीय पाठ्यपुस्तक निःशुल्क वितरण ।
पुतलीबजार नगरपालिका
–नगरपालिकाको समृद्धिको तीन आधारका रूपमा जल, जमिन र पर्यटनलाई लिइएको ।
–नगरपालिकाको केन्द्रीय लक्ष्य भनेको स्थानीय बासिन्दालाई धनी बनाउने ।
–सडक निर्माणलाई प्राथमिकता दिइएको । हाल पालिकाको धेरै स्थानका सडकहरू पिच र ढलान भएका छन् । कृषि र पशुपालनलाई मुख्य जोड दिइएको ।
– पूर्वाधार निर्माणमा निरन्तरता, शासकीय सुधारअन्तर्गत पूर्वाधार क्षेत्रमा ५६ करोडको बजेट सम्झौता, शिक्षा र स्वास्थ्यमा नयाँ अभ्यास ।
– नगरवासीको निःशुल्क मुटुरोग परीक्षण (यसै वर्षमात्र १ हजार ७ सय मुटुरोगीहरूको निःशुल्क परीक्षण र निःशुल्क शल्यक्रियासमेत गरिएको), विशेषज्ञ डाक्टरहरूबाट नियमित रूपमा निःशुल्क स्वास्थ्य परीक्षण, प्रत्येक वडामा महिलाहरूको पाठेघर र स्तनको क्यान्सरको निःशुल्क परीक्षण र उपचार ।
– शिक्षामा केन्द्र सरकारले कक्षा १ देखि ६ सम्म खाजामा दिएको १५ रुपियाँमा १० रुपियाँ थपी २५ रुपियाँमा स्तरीय खाजा खुवाउने गरिएको, प्रत्येक वडाबाट २ जनाको दरले २८ जना विद्यार्थीहरूलाई पालिकाको लगानीमा डिप्लोमा इन्जिनियरिङ पढाएको ।
– कृषि क्षेत्रमा अहिले गोरुहरू विस्थापित भइरहेको बेला अनुदानमा ३ सय हाते टयाक्टर र प्लास्टिक टनेल वितरण गरिएको, भंैसी प्रवर्धन कार्यक्रमअन्तर्गत ५ वटाभन्दा बढी भैंसी पाल्ने कृषकलाई १ लाख १० हजारका दरले अनुदान उपलब्ध गराएको, १ रोपनीभन्दा धेरै क्षेत्रफलमा डाले घाँस तथा अन्य घाँस लगाउनेहरूलाई ५ हजारका दरले अनुदान उपलब्ध गराएको ।
– सुन्तला खेती प्रवर्धनका कार्यक्रम सञ्चालन ।
फेदीखोला गाउँपालिका
–अदुवा खेती, मौरीपालन तालिम
–सुन्तला, किवी, कागतीका बेर्ना वितरण
–समयमै मलको आपूर्ति व्यवस्था
– कृषि मेला प्रदर्शनी
– युवा उद्यम कार्यक्रमअन्तर्गत ५ जनाको समूहमा झण्डै ३० वटा समूहलाई पाँच लाख बिनाब्याजी ऋण प्रदान गरिएको ।
– अपाङ्गता भएका व्यक्तिहरू (शिक्षकसमेत) लाई स्वास्थ्य बिमा खर्च पूरै गाउँपालिकाबाट व्यहोरेको ।
– ३ सयभन्दा बढी श्रमिकहरूलाई मजदुर सञ्चित कोष स्थापना गरी सामाजिक सुरक्षाका स्किमहरूमा खर्च लेख्न प्रारम्भ गरिएको ।
– ६० वर्ष नाघेका वृद्धवृद्धालाई हरेक महिना स्वास्थ्य परीक्षण र उपचारको सेवा दिइएको ।
अर्जुनचौपारी गाउँपालिका
– अर्जुनचौपारी गाउँपालिकाको समृद्धता प्राङ्गारिक कृषि, पर्यापर्यटन र आर्थिक समानताको नारासहित विकास निर्माणमा अग्रसर भएको ।
– सिप विकासका धेरै तालिमहरू सञ्चालन ।
– साझा प्रतिवद्धता, साझा जिम्मेवारी, हामी सबैको समुन्नत अर्जुनचौपारी भन्ने मूल भावनाका साथ कार्यक्रमहरू अगाडि बढाइएको ।
– नियमित रूपमा निःशुल्क बाल स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको ।
– विद्यालयस्तरीय निःशुल्क रक्तसमूह पहिचान गर्ने गरिएको ।
– वैकल्पिक ऊर्जा कार्यक्रम सञ्चालन ।
– किसान सूचीकरण कार्यक्रम सञ्चालन ।
– सुनौलो १ हजार दिनका आमा तथा गर्भवतीहरूको लागि पोषिलो झोला वितरण कार्यक्रम सञ्चालन ।
– नियमित रूपमा माटो शिविर सञ्चालन ।
आँधीखोला गाउँपालिका, कृषि
– पर्यापर्यटन कार्यक्रम ।
–नियमित रूपमा विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ।
– नियमित रूपमा निःशुल्क माटो बाली उपचार तथा  पशु स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन ।
– स्थानीय युवासँग स्थानीय सरकार कार्यक्रम सञ्चालन ।
– आफ्नै सीप, पौरख र  उत्पादनमा गर्व गरौं भन्दै महिला आत्मनिर्भरताका कार्यक्रमहरू सञ्चालन जसअन्तर्गत ढाका बुनाई प्रभावकारी बन्दै ।
– ‘सेवा प्रवाह, कृषि र पर्यटन प्रवर्धनमा प्रविधीमैत्री आँधीखोला गाउँपालिका’ परियोजना सञ्चालन ।
– रंगेटारी लिफ्टिङ सिँचाई आयोजनाबाट धेरै कृषकहरू लाभान्वित भएको ।
– रैथाने बाली प्रवर्धन तथा संरक्षण कार्यक्रम सञ्चालन ।
– किसानको उत्पादनलाई गाउँपालिकाले बजारीकरण गरेको ।
गल्याङ नगरपालिका
– नगरभित्र छोरी जन्मनासाथ खाता खोली ५ हजार जम्मा गरिदिने गरेको, उक्त रकम १७ वर्ष उमेर पुगेपछि मात्र झिक्न मिल्ने व्यवस्था गरिएको ।
– आलुको व्यावसायिक उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरी उत्पादन भइरहेको ।
– सहकारी संस्थामार्फत् व्यवसायिकीकरणमा वित्तीय सहजीकरण गरी कृषि तथा पशुपालनमा फड्को मार्दै ।
– दुग्ध उत्पादक किसानलाई प्रतिलिटर १५ रुपियाँ अनुदान उपलब्ध गराइएको ।
– भैंसीपालन, आलु खेती, अदुवाखेती, कागती र सुन्तलाको पकेटक्षेत्र निर्धारण गरी आवश्यक सुविधाहरू पु¥याइएको ।
– नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ।
– माछा प्रवर्धन कार्यक्रम सञ्चालन ।
चापाकोट नगरपालिका
– समूह बनाई सीपमूलक तालिम माग गर्न आएमा सीपमूलक तालिम सञ्चालन गर्ने गरिएको
– उल्लेख्य मात्रामा सडकलगायतका पूर्वाधार निर्माण भएको
– असहायरविपदमा परेका नगरवासीलाई खाना र छानाको प्रबन्ध गरिएको
– वैदेशिक रोजगारीमा जान चाहने नगरवासीहरूको स्थानीय तहबाट नै श्रम स्वीकृत अनलाइन सेवा कार्यको थालनी भएको ।
– उत्पादनपछिको कृषक अनुदान प्रोत्साहन कार्यक्रम सञ्चालन भएको ।
– कालीगण्डकी धाम, केलाधि धाम, सेखामको रामडाँडा, शीतलपार्क, बायडाँडा भ्यू प्वाइन्ट, मणिमुकुन्देश्वर गुरुकूललगायतका ठाउँमा पर्यटन प्रवर्धनको कार्यक्रम सञ्चालन भएको ।
– संघ र प्रदेशको सहकार्यमा ३० हजार आँप र लिचिका विरुवा निःशुल्क र ७५ प्रतिशत अनुदानमा करीब ७ सय क्विन्टल आलु  वितरण गरिएको ।
– वडा न ८ मा चिस्यान केन्द्र निर्माण भएको ।
– संस्थागत सुत्केरीलाई शतप्रतिशत पु¥याउने उद्देश्यसहित निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको ।
– आलु, आँप र लिचीलगायतमा आत्मनिर्भर बनाउने कार्यक्रम शुरू गरिएको, विपन्न सबै परिवारमा निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको ।
वालिङ नगरपालिका
– कृषि उपकरणमा अनुदानको व्यवस्था ।
– दुग्ध उत्पादक किसानहरूलाई प्रोत्साहनको व्यवस्था ।
– फोहोरलाई मोहर बनाउने अभियानअन्तर्गत नगरवासीकै सहभागितामा फोहोर व्यवस्थापनका अलावा फोहोर छुट्याउने तथा कम्पोस्ट मल तयार गर्ने प्रविधि जडान भई आम्दानी भइरहेको ।
– माया, मेलमिलाप र ऊर्जाको प्रतीकका रूपमा पिंङ्क कलरलाई वालिङ कलरको रूपमा अपनाउँदै नगरवासीलाई मूल्यमा छुटसहित प्राप्त गर्ने प्रबन्ध उत्पादक कम्पनीमार्फत् नै मिलाइएको ।
– विदेशबाट फर्केकासमेत युवाहरूले पेस गरेको व्यावसायिक योजनाका आधारमा नगरपालिकाको लागत साझेदारीमा इन्नोभेसन सेन्टर सञ्चालन ।
– ८ सयभन्दा बढी व्यावसायिक किसान तथा उद्यमीहरूलाई उनीहरूको आवश्यकता विश्लेषणका आधारमा सपोर्ट उपलव्ध गराइएको ।
– प्राङ्गारिक र गँड्यौला मल प्रोत्साहन ।
९. कालीगण्डकी गाउँपालिका, विर्घा
– कृषि यान्त्रिकीकरणमा ५० प्रतिशत लागत सहभागिता ।
– व्यावसायिक ड्रागन र केरा खेतीका लागि उत्पादनमा आधारित अनुदान ।
– फूल, कागती र खसीबोका निर्यात, २ हजार बोट कागती उत्पादन गरिएको ।
– १ घर १ धारा कार्यक्रम सम्पन्न ।
– स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरी प्रयोगमा ल्याइएको ।
– प्रत्येक विद्यार्थीले अनिवार्य रूपमा पुस्तकालयको प्रयोग गर्नैपर्ने नियम, १ जना विद्यार्थीले कम्तीमा वार्षिक २ सय ७४ वटा पुस्तक पढ्ने गरेको तथ्याङ्क सार्वजनिक ।
– सबै सामुदायिक विद्यालयमा पठनसिप कार्यक्रम लागू ।
– सामूहिक खेतीको अभ्यास, १ सय जना प्रत्यक्ष लाभान्वित ।
– कालीगण्डकी अस्पतालमा सबैखालका बिरामीलाई पूर्ण रूपमा निःशुल्क उपचार ।
– बच्चा जन्मनेबित्तिकै निःशुल्क स्वास्थ्य बिमा ।
बिरुवा गाउँपालिका
– कृषि तथा पशु समूह दर्तालाई प्रोत्साहन गरी सामूहिक पशुपालन तथा कृषिलाई प्रवर्धन । सम्पूर्ण सेवासहित एकीकृत घुम्ती शिविर सञ्चालन ।
– हाते ट्रयाक्टर तथा कुटानीपिसानी मिल जडानमा ५० प्रतिशत अनुदान ।
– स्वास्थ्य संस्थामा भएका सुत्केरी प्रोत्साहन कार्यक्रम ।
– सबै स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन ।
– पारिवारिक स्वास्थ्य प्रोफाइल तयार ।
– मोबाइल स्वास्थ्य कार्यक्रम ।
– नमूना बालविकास केन्द्र स्थापना ।
– पूर्ण खोप कार्यक्रम ।
– पशुस्वास्थ्य प्रयोगशाला र  पशुसेवा केन्द्र स्थापना ।
– हाटबजार सञ्चालन ।
– सुन्तला पकेट कार्यक्रम ।
– उत्पादनमा आधारित अनुदान ।
– बिरुवा गाउँपालिकाले राष्ट्रिय बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकुन) सँगको सहकार्यमा सहकारी संस्थाहरूको सबलीकरण र क्षमता विकासका लागि आधारशिला कार्यक्रमको दोस्रो फेजको कार्यक्रम सञ्चालन भइरहेको, आफ्नो नियमनभित्र सञ्चालन भएका सहकारीहरूलाई विनियम संशोधन, कार्यविधि निर्माण र व्यावसायिक योजना तर्जुमा गर्नका लागि स्थलगत सहजीकरण गरिएको ।
हरिनास गाउँपालिका
– क्षमता विकास तथा पूर्वाधार विकासमा समेत स्थानीय संस्था, समूह तथा उपभोक्ताको लागत सहभागिता
– लघु उद्यमका लागि विभिन्न व्यावसायिक तथा सीप विकाससम्बन्धी तालिम र प्राविधिक सहयोगको काम भइरहेको, कृषि सहकारीहरूमार्फत् दुग्ध संकलन, मल वितरण, बिउ संकलन तथा वितरणजस्ता कामहरू भएको ।
– सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, योजनाहरूको सार्वजनिक परीक्षणहरू नियमित रूपमा सञ्चालन गरिएको । आर्थिक प्रशासन, राजस्व र जिन्सी व्यवस्थापनमा सफ्टवेयरको पूर्ण रूपमा प्रयोग गरिएको । घर नक्सापास ईजाजतको काममा डिजिटल सिस्टम तथा कृषि उत्पादन नियन्त्रण प्रणाली सुरुवात गरिएको ।
– महिला स्वरोजगार कार्यक्रमअन्तर्गत विभिन्न महिलाहरूलाई तालिम र सीप सिकाई रोजगारीको अवसर दिएको छ ।
कतिपय पालिकाहरूले गरेका कामहरू पनि वेबसाइट तथा प्रकाशनमार्फत् सार्वजनिक गरेका र कतिपयले भएका कामहरूको समेत प्रचारप्रसारमा कमी भएको पनि पाइन्छ । स्थानीय तहहरूबिच समानान्तर सिकाइको संस्कृति विकसित गर्दै आपसी संवाद, अवलोकन भ्रमणलाई पनि बढाउनुपर्ने देखिन्छ । कतिपय पालिकाहरूले अन्तर्राष्ट्रिय सहरहरूसँग भगिनी सम्बन्धसमेत स्थापना गरेका छन् ।
पुनश्चः सबै स्थानीय तहहरू आ–आफ्नो भूराजनीतिक क्षेत्रमा नमूना काम गर्ने सम्भावना भएका र केही न केही राम्रा काम भइरहेका स्थानीय सरकार हुन्। आगामी दिनमा स्थानीय आर्थिक विकासका नवप्रवर्तनकारी गतिविधिहरू बढाउँदै लगी रोजगारी र आय वृद्धिमा केन्द्रित हुनुपर्ने देखिन्छ । तब मात्र संघीय संरचना आन्तरिक स्रोतबाट धान्न सकिने हुनेछ, दिगो हुनेछ अनि लोकप्रिय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्