कलाकार केसीको निधन



काठमाडौं ।

कलाकार बद्री बहादुर केसीको उपचारको क्रममा गत शनिवार निधन भएको छ। लामो समयदेखि घाँटीको क्यान्सरसँग जुध्दै आएका केसीको उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको कलाकार रविन्द्र खड्काले जानकारी दिए।

‘उहाँ करिव ८० वर्षको हुनुुहुन्थ्यो। क्यान्सरका कारण थलिनु भएको उहाँको आर्थिक अवस्था कमजोर भएका कारण कलाकार संघको अध्यक्ष भएको बेला संघको पहलमा केहि सहयोग उठाएर हस्तानतरण गरेका थियौेँ’ रविन्द्रले बताए।

माया प्रिती, बासुदेवजस्ता फिल्म तथा थुप्रै टेलिफिल्ममा अभिनय गरेका केसी पछिल्लो समय कलाकारीताबाट टाढा थिए। ललितपुरको धापाखेलमा बस्दै आएका उनको दुई छोरा र श्रीमती छन्।

प्रतिक्रिया दिनुहोस्