कालो कपालमा खैरो कलर लाकी प्रियंका



काठमाडौं ।

नायिका प्रियंका कार्की अभिनित रोमान्टिक गीत कालो कालो कपालमा खैरो कलर लाकी बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ।

राजनराज सिवाकोटीको शब्द रचना, संगीत र स्वर रहेको गीतमा सिवाकोटीलाई गायनमा गायिका मिलन नेवारले साथ दिएकी छन्। गीतको भिडियोमा प्रियंकाका साथ गम्भीर विष्टले अभिनय र नृत्य गरेका छन्। भिडियोको निर्देशन विष्टले नै गरेका हुन्।

प्रियंकाको यो भिडियोसहित आरजे इन्टरटेनमेन्टकोे औपचारिक युट्युब च्यानल सञ्चालनमा ल्याइएको छ। सुरुवातको कोसेलीस्वरुप आरजे इन्टरटेनमेन्टले आनी छोइङ् डोल्माको स्वरमा आकाश उज्यालो आकाशैको ताराले, जिन्दगी अध्यारो लोभीपापी पाराले गीत र हास्य कलाकार राजेन्द्र नेपाली ‘लट्टे’ को हट पोटेटोनामक धारावाहिक कमेडी पनि बाहिर ल्याएको छ।

आकाश उज्यालोमा राजनराज सिवाकोटीको संगीत तथा राजु केसीको शब्द रचना रहेको छ।

प्रतिक्रिया दिनुहोस्