ऐश्वर्याको सम्बन्ध संकटमा !

938
Shares

एजेन्सी ।

बलिउड अभिनेत्री ऐश्वर्या राय यतिबेला कान्स फिल्म फेस्टिबलमा सहभागी भएकी छन्। फ्रान्सको कान्स शहरमा भइरहेको ७७ औँ संस्करणमा सहभागी भएर जादु छरिरहेकी ऐश्वर्याको व्यक्तिगत जीवन भने ठिक नरहेको खबर भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

खासगरी बच्चन परिवारका केही सदस्यका साथ ऐश्वर्याको सम्बन्ध ठिक नरहेको र सम्बन्ध विच्छेदसम्मको गसिप चलिरहँदा हाल सामाजिक सञ्जालमा एक पुरानो भिडियो भाइरल बनेको छ। सो भिडियोमा ऐश्वर्या अभिनेत्री प्रीति जिन्टा र ऐश्वर्याकी सासू एवम् अभिनेत्री जया बच्चनलाई देखिन्छ।

सन् २००२ को फिल्म फेयर अवार्डको भिडियोमा ऐश्वर्याले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेपछि स्टेजबाट आफ्नो भनाइ राखिरहेकी छन् भने उनलाई सो अवार्ड प्रदान गर्ने जया र प्रीति उनको छेउमा उभिएर उनको मजाक उडाइरहेको देखिन्छ।

प्रीति जिन्टा ऐश्वर्यातिर हेरेर मुख बिगारिरहेकी छन् भने जया आफ्नो हातमा रहेको कार्डले गर्मी भएझैँ गरी हम्किरहेकी छन्। सो भिडियो ऐश्वर्याको विवाहअघिकै हो। भिडियो भाइरल भइरहँदा ऐश्वर्याको फ्यानहरू जया र प्रीतिसँग भड्किरहेका छन्।

केही व्यक्तिले जयाको छुच्चो स्वभावलाई विवाहपछि ऐश्वर्याले कसरी झेल्दै होलिन् भनेर ऐश्र्याको पक्षमा प्रतिक्रिया दिइरहेका छन्। विशेषगरी जयाले ऐश्वर्यालाई मन नपराउने र उनीहरूबीच समस्या रहेको भन्ने सञ्चारमाध्यमको कुरालाई सो पुरानो भिडियोले पनि थप पुष्टि गरेको छ।