अस्ट्रेलियामा महजात्रा हुने



काठमाडौं ।

ख्यातिप्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी (राता मकै), नरेन्द्र कंसाकार र गयिका कुन्ती मोक्तान अस्ट्रेलियाका विभिन्न राज्य र न्यूजिल्यान्डमा प्रस्तुत हुने भएका छन्।

सोल्यान्सरनामक संस्थाले पर्थलगायत अस्ट्रेलियाका विभिन्न राज्य र न्यूजिल्यान्डमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न ख्यातिप्राप्त कलाकारको समूहलाई निम्तो गरेको छ। महजात्रा नाम दिइएको कार्यक्रममा सहभागी हुन कलाकारको समूह भोलि बुधबार अस्ट्रेलियतर्फ लाग्ने भएको छ।

कार्यक्रममा महजोडीका साथमा किरणले गीत संगीत प्रस्तुत गर्नेछन् भने तीन प्रहसन प्रस्तुत गर्नेछन्। ‘धेरैअघि पनि अस्ट्रेलियाका सात राज्यमा कार्यक्रम गरेको थियौँ। दर्शकलाई हाम्रा प्रस्तुतिमार्फत सक्दो मनोरञ्जन प्रदान गरेका थियौँ। अहिले पनि त्यो प्रयास जारी रहनेछ। केही ठाउँको टिकट शोल्ड आउट भइसकेको छ,’ किरणले सुनाए ‘यस पटक पनि दर्शक हाम्रो प्रस्तुतिबाट सन्तुष्ट हुने आशा गरेका छौँ।’

कलाकारको टोलीले एक महिनाको बीचमा पर्थ, क्यानबेरा, सिड्नी, एडिलेड र मेलबर्न शहरमा आफ्नो प्रस्तुति दिनेछ।

प्रतिक्रिया दिनुहोस्