शर्मिला ब्युटिसियन ट्यालेन्ट नेपाल

140
Shares

काठमाडौं ।

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा राजधानीमा आयोजित ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४–सिजन ६ को उपाधि झापाकी शर्मिला बुढाथोकीले जितेकी छिन्।

बेष्ट नेलआर्टको उपाधिसमेत जितेकी शर्मिलाले विजेता भएवापत २५ हजारसहित विभिन्न उपहार प्राप्त गरिन्। प्रतियोगितामा निशा थापा १५ हजारसहित फस्ट र मोस्ट ट्यालेन्ट, अम्बिका तुलाधर अधिकारी १० हजारसहित सेकेन्ड रनर्सअप र बेस्ट हेयर स्टाइल, रजनी राई थर्ड रनर्सअप र बेस्ट हेयर केमिकल टेक्निसियन अवार्ड विजेता भए।

त्यसै गरी विमली तामाङ भिवर्स च्वाइस, बेष्ट ड्रेस र इन्नोसेन्ट ब्युटिसियन, एलिशा फुया“ल पब्लिक च्वाइस र फोटोजेनिक, सञ्जु तामाङ मोस्ट बब्ली र मल्टिमिडिया च्वाइस, सबिना शाही मस्ट पँचुअल, अनिता कालीकोटे मस्ट इनोसेन्ट ब्युटिसियन, जेस्मी श्रेष्ठ मस्ट डिसिप्लेन, मैना श्रेष्ठ मस्ट फ्रेन्डली, उषा कापड बेस्ट एन्ड हेल्दी हेयर, हिसिला महर्जन बेस्ट स्किन, अस्मिता अधिकारी स्माइल, सनम खड्गी अर्गनाइजर च्वाइस र मस्ट ब्युटिफुल, सबिना महर्जन मस्ट कन्फिडेन्ट, सृजना श्रेष्ठ मस्ट इन्टेलिजेन्ट, लक्ष्मी पोखरेल बेष्ट फिटनेस अवार्ड, मञ्जु खत्री बेष्ट पर्सनालिटी, सम्झना सुवेदी थापा बेष्ट मेहेन्दी आर्ट, अम्बिका खत्री बेष्ट केराटिन टेक्निसियन, आरती राई बेस्ट क्याटवक अवार्ड, ऋतु राना (रिता) बेष्ट मेकअप र रीता भट्टराई म्यानेजमेन्ट च्वाइस अवार्ड विजेता भए।

डा. सरोज लामिछाने, अभिनेता तेज गिरी, व्यवसायी बिमला मानन्धर, इभेन्ट निर्देशक धीरज तण्डुकार, ब्युटिसियन पुजा श्रेष्ठ, फेसन डिजाइनर गोमा अधिकारी धिताल र शिक्षाविद् कुमुद भट्ट निर्णायक रहेको प्रतियोगिता सौन्दर्यकर्मी सोनी कारञ्जितको सभापतित्वमा सम्पन्न भएको थियो।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, राष्ट्रिय सभाकी सांसद रुक्मणि कोइराला, लयन्स एल ३२५ डिस्ट्रकका नवगभर्नर सुमन भट्ट, समाजसेवी अमित शर्मा, आयोजक डब्बु क्षत्रीले शुभारम्भ गरेको कार्यक्रम सञ्चारकर्मी दिनेश डिसीले गरेका थिए।

कार्यक्रमकी सभापति सोनी कारञ्जितले छैटौं संस्करणसम्म आइपुग्दा यो क्षेत्रमा धेरै ब्युटिसियनले उपाधि जितेर यो क्षेत्रको विकासमा योगदान पु¥याएको बताइन्।