मस्कटमा राजेशपायलको सांगितीक धमाका



काठमाडौं ।

लोकप्रिय गायक राजेशपायलले ओमनको मस्कटमा सांगीतिक धमाका मच्चाएका छन्। नेपाल किरात समाज, मस्कटले पहिलोपटक आयोजना गरेको सांगीतिक कार्यक्रममा राजेशपायलले अतिथि कलाकार तथा अभिनन्दित गायकका रूपमा सांगितीक धमाका मचाएका हुन्।

कार्यक्रममा राजेशपायलले आफ्ना नयाँ तथा पुराना गरी तीन दर्जनभन्दा बढी गीत प्रस्तुत गरेका थिए। उनको प्रस्तुतिमा मस्कका दर्शक झुमेका थिए।

अभि नारायण र सन्तोष राईले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए मस्कटका पूर्वअध्यक्ष डिबी क्षेत्री र कुसल तराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने ओमनका लागि नेपालका राजदूत दोर्ण अर्यालले शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्