विपत्तिबारे जनचेतनाका लागि लापरबाही



काठमाडौं ।

प्राकृतिक तथा मानवीय लापरवाहीका कारण हुनसक्ने विभिन्न खालका दुर्घटना एवं विपत्तिसम्बन्धि जनचेतनामूलक सिरियल लापरबाही निर्माण भएको छ। नेवारी र नेपाली दुई भाषामा बनेको सिरियल कलाकार तथा निर्देशक सुदन केसीले निर्देशन गरेका हुन्।

ललितपुर महानगरपालिका विपद् व्यवस्थापन विभागले निर्माण गरेको दुई भागको सिरियलले हावाहुरीको मौसममा मानवीय लापरबाहीका कारण निम्तिनसक्ने खोजिमपूर्ण दुर्घटनाबारे सचेतना प्रवाह गर्छ। सिरियलका कलाकारमध्येका किरण केसी (राता मकै) ले सिरियलमा आफ्नो भूमिका खुलाउँदै आफूले ललितपुर महानगरपालिकालाई सहयोगस्वरुप विनापारिश्रिमक सिरियलमा अभिनय गरेको बताए। ‘फिल्मी स्टाइलले एकदमै मार्मिक टेलीशृखला निर्माण भएको छ।

जसमा मैले आफ्नो नाति गुमाउँछु र अन्य पात्रले पनि आफन्त गुमाउनुहुन्छ। यसले भूकम्प, आगलागीजस्ता विपद्लाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने जनचेतना दिन्छ,’ किरणले सुनाए, ‘पहिले पनि जनचेतनामूलक सडकनाटक र सिरियलमा अभिनय गरेको थिएँ। तर पहिलोपटक ललितपूर महानगरपालिकाले निर्माण गरेको सिरियलमा काम गर्दा निकै आनन्द आएको छ।’

सिरियलमा किरणका साथमा रवि डंगोल, राजु धुजु, सुरेन्द्र केसी, नरेन्द्र कंसाकार, श्रीषा श्रेष्ठ, पल्पसा डंगोललगायत कलाकारले अभिनय गरेका छन्।

शंकर धितालको लेखन रहेको सिरियलमा किरण तुलाधरको पाश्र्व संगीत, रामशरण उप्रेतीको छायांकन, मित्रदेव गुरुङको सम्पादन र कृष्ण श्रेष्ठको भिएफएक्स रहेको छ।

प्रतिक्रिया दिनुहोस्