डा. स्मृतिको माया लाएको धोका दिन होइन

210
Shares

काठमाडौं ।

मुटुरोग विशेषज्ञ डा. स्मृति शाक्यको गायन रहेको गीत मैले माया लाएको धोका दिन होइन भिडियोसहित सार्वजनिक भएको छ।

बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसदसमेत रहेका डा. अजय क्रान्ति शाक्यको शब्द रचना तथा संगीत रहेको गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठलका साथमा गायिका डा. शाक्यले अभिनय गरेकी छन्। भिडियोको निर्देशन निर्देशक देवकुमार श्रेष्ठले गरेका छन्।

लामो समय डक्टरी अध्यन तथा अभ्यासमा व्यस्त रहेका कारण सानैदेखिएको रहर पूरा गर्न नसकेकी डा. शाक्यले हालै तीन गीत रेकर्ड गराएकी छन्। त्यसमध्येको गीत मैले माया लाएको धोका दिन होइन भिडियोसहित सार्वजनिक गरिएको हो।

डा. शाक्यले यसअघि अरुणा लामा र रुक्मणिको गायन तथा अम्बर गुरुङको संगीत रहेको कालजयी गीत ए–कान्छा मलाई सुनको तारा खसाइ देऊ नमाथि हरिशरण सायमीका साथ कभर सङ गाएकी थिइन्।