एमाले नेतृत्व चुन्न घम्साघम्सी 

1.3k
Shares

बजुरा। 

 नेकपा एमाले जिल्ला कमिटी बाजुराको नयाँ नेतृत्व चयनका लागि चार दिनदेखि रस्साकस्सी चलेको छ । यही  जेठ एक गतेदेखि सदरमुकाम मार्तडीमा सञ्चालन भएको आठौँ जिल्ला अधिवेशन प्रतिनिधि चयनमा विवाद उत्पन्न भएपछि अधिवेशनको बन्द सत्र पूर्वनिर्धारित समयमा सञ्चालन हुन नसकेको एमाले एक नेताले बताए ।

  प्राप्त जानकारी अनुसार निर्वाचन क्षेत्र एक प्रदेशसभा “क” र “ख” गरी  कुल ४४२ जना प्रतिनिधि मध्ये २५ जना प्रतिनिधि जिल्ला कमिटीले मनोनयन गर्न पाउने  कानुनी प्रावधान छ। सोही प्रावधान अनुसार २५ जना छनौटमा  वर्तमान अध्यक्ष भारत थापाले एकलौटी गरेको आरोप अर्को पक्षले लगाएको थियो ।  अन्ततः स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य त्रय लालबहादुर थापा, प्रकाश शाह र सहदेव बोगटी निकट कार्यकर्ताबिच भागबन्डा मिलेपछि उक्त विवाद सुल्झाएर शुक्रवार दिउँसो बल्ल बन्दसत्र सुरु भएको हो ।

तिन दिनमा सम्पन्न गर्नुपर्ने आठौँ  जिल्ला अधिवेशन बल्ल चारदिन पछि सुरु भएको हो। बन्दशत्रमा पार्टीको आन्तरिक नीति कार्यक्रमको साँगठानिक  प्रतिवेदन प्रस्तुत  हनेछ । सम्भवतः आज बेलुका सम्म सांगठानिक प्रतिवेदन पास भएपछि आजै निर्वाचन प्रक्रियामा जान सक्छ   एमाले आठौँ जिल्ला अधिवेशन प्रतिनिधि एवं एमाले निकट बुद्धिजीवी परिषद्का सदस्य लक्ष्मीराज पाध्यायले जानकारी दिए।

  प्रतिनिधि चयनमै विवाद उत्पन्न भएपछि त्यसको सामान्य सङ्केत कथंकदाचित निर्वाचन भइहाले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने दाउकै कारण  प्रतिनिधि चयनमै विवाद आएको हो । सर्वसम्मति गर्ने मनसाय भए प्रतिनिधि चयनमा त्यति रस्साकस्सी गर्नु पर्ने आवश्यक  नै थिएन एक प्रतिनिधिले भने ।

नेकपा एमाले  आठौँ जिल्ला अधिवेशनको  चुनावी सरगर्मीको मैदानमा अहिले सम्म वर्तमान अध्यक्ष एवं युवाशक्ती मानिएका अध्यक्षका सशक्त उम्मेदवार  भरतबहादुर थापा हुुन् । उनी यस अघिको जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीको नेतृत्वमा सचिव हुन् । अध्यक्ष शाही प्रदेश कमिटी उपाध्यक्ष भएपछि एमाले जिल्ला कमिटीले सचिवलाई पदोन्नति गरी अध्यक्षमा मोनोनित गरेको थियो । भरत थापा स्थायी कमिटी सदस्य कर्णबहादुर थापा निकटका मानिन्छन्।

त्यसैगरी अर्का अध्यक्षका  सशक्त उम्मेदवार लालबहादुर ओली हुन् । उनी एन्जीओकर्मी भएपनि विगत देखि  एन्जीओ मार्फत एमाले संगठन निर्माणमा लागि परेका ब्यक्ती हुन्। विगतमा कर्णबहादुर थापा पक्षधर मानिएता पनि पछिल्लो समयमा जिल्लामा लालबहादुर थापाको पक्ष बलियो छ भन्ने सङ्केत थाह पाए पछि उनि लालबहादुर थापा पक्षबाट अध्यक्ष पदका सशक्त उम्मेदवार  हुन्। ओलीले  विगत दुई कार्यकाल यता निरन्तर अध्यक्षको दाबी गर्दै आएका छन् । यद्येपी एमालेको जिल्ला अध्यक्ष बन्न सकेका छैनन्।

त्यस्तै एमाले जिल्ला कमिटी अध्यक्ष पदका लागि अर्का पाका  तथा  अनुुभवी उम्मेदवारका रुपमा पूर्व जिविस उपसभापति एवं एमाले नेता रंगमान शाहीको नाम पनि उत्तिकै चर्चामा छ।  नेता शाही  एमाले भित्रको कुशल संगठक मानिन्छन् । उनी खुलमखुला थापाद्धोयको पक्ष विपक्षमा  छैनन् । विगतको कार्यसम्पादन मूल्याङ्कनका आधारमा दाउँपरिहाले  उनको नाममा सहमती भएको खण्डमा  शाहीपनि आठौँ जिल्ला अभिबेशनमा  अध्यक्षको बलियो  उम्मेदवार हुन् । उनी विगत देखि एमाले भित्रै रहेर काम गर्दै आएका एक परिपक्क पात्रका रुपमा चिनिन्छन् ।
एमाले श्रोत भन्छ एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले  एमाले संगठक लालबहादुर ओली नेतृत्वको जिल्ला कमिटी ल्याउन चाहन्छन् भने स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले युवा परिचालन गर्ने कला भएका स्पष्ट बक्ता प्रतिपक्षसंग लड्न भिड्न सक्ने भरत थापाको नेतृत्वमा जिल्ला कमिटी बनाउन उद्धत देखिन्छन् ।

जिल्लामा एमाले  भित्र प्रस्ट गुंटको  राजनीति नगरी अवस्था अनुकूल सहयोग असहयोग गर्ने तर विवादमा आउन नचाहने अर्का नेता केन्द्रीय सदस्य प्रकाश शाह भने संकुचित राजनीतिक भन्दा टाढा देखिन्छन् । अन्ततह उनले पनि कर्णबहादुर  थापाकै टिमलाई सघाउने आंकलन पनि  एमाले बृत्तमा छ । त्यसैगरी तत्कालिन माओवादी पृष्ठभूमिका  एमाले केन्द्रीय  सदस्य सहदेव बोगटी पनि दुुईचारजना लिएर स्थायी कमिटी सदस्य कर्णथापा पक्षमा मिसिने सङ्केत छ । पूर्व प्रदेश सांसद एवं जिल्ला कमिटी सचिव बल्देव रेग्मी पनि कर्णबहादुर थापाकै एलायन्समा  छन् ।   प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही विगतमा लालबहादुर थापा पक्ष मानिन्थे भने अहिले तटस्थताको भूमिकामा देखिएका छन् ।

भरत थापाले लालबहादुर ओलीलाई समर्थन नगर्ने । लालबहादुर ओलीले भरत थापालाई सर्मन नगर्ने।   बरु छोड्नै परे वर्तमान अध्यक्ष भरत थापाले रंगमान शाहीलाई साझा सहमतिको उम्मेदवार बनाउन सघाउने निर्वाचनमा भिड्नै परे रंगमान शाहीले भरत थापालाई  सघाउने प्रतिनीधिमा छलफल चलेको छ ।  अन्ततः थापा र शाही आपसमा सल्लाह गरेर दुईमा  एक जना लालबहादुर ओलीसंग भिड्ने सङ्केत जिल्ला अधिवेशन प्रतिनिधिको आंकलन छ । कलष्टरले काम गरे साझा सहमतिका अध्यक्ष रंगमान शाही पनि बन्न सक्ने आंकालन गर्ने कार्यकर्ता पनि कम छैनन् ।

  जिल्ला स्तरको प्रतिनीधिबेसमा केन्द्रीय सदस्य लालबहादुर थापा  र जिल्ला र केन्द्र प्रदेश स्तरका नेता कार्यकर्ता बेसमा  कर्णबहादुर थापाको पहुँच बलियो देखिन्छ ।
बाजुरा जिल्लामा विगत देखि एमाले भित्र तिन धार देखिन्छन्  तिन धार मध्ये दुई धार सशक्त प्रतिस्पर्धी मानिन्छन् । जिल्लामा कार्यकर्ता लेवलमा  केन्द्रीय सदस्य लालबहादुर थापा पक्षले आफु बलियो  भएको दाबी गर्छ भने ।  केन्द्र तथा जिल्लाका नेता स्तरमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको समुह आफू बलियो   भएको दाबी गर्छ । बाह्य रुपमा थापा “कलौनी ” विरुद्ध अर्को विकल्प खोज्नुपर्छ भन्ने मान्यता राख्ने कार्यकर्ता पनि छन् तर, कम्युनिष्ट केन्द्रीयतामा प्रस्ट बाहिर आउन सकेका छैनन् । त्यसले गर्दा थापा द्वयको  शीतयुद्ध जारी छ । हामी त रमित मात्र हौं आठौँ जिल अधिवेशन सघाउन आएका  एक प्रतिनिधिले भने ।

  प्रतिनिधि चयनमै यत्रो विवाद किन चुलिएको त भन्ने सन्दर्भमा । अन्ततः निर्वाचन मै जानुपर्ने अवस्था आए आफूअनुकुलको पक्षमा मत परिणाम ल्याउन टाउका नै गन्नुपर्छ मानसिकताको उपज देखिन्छ ।

 एमाले पार्टी भित्र थिंकट्याङ्करको कमी छ।  एमालेका जनवर्गिय संगठन लगायत शुभेच्छुक  ब्यक्तीहरु समेत  कुनै न कुनै क्षेत्रबाट प्रतिनिधि छनौट भएर  आएका छन् । जस्तै पार्टीलाई सही  लिकमा हिँडाउन जिम्मेवारी तिनी आबद्ध मिडियाकर्मीको पनि हो  तर तिनीहरू सात सात जना पत्रकार भोटिङ्ग राईट्सको मान्यता राख्दछन् भने दलभित्र आन्तरिक लोकतन्त्र बलियो हुंदैन । प्रतिनिधि हुनुले  गुंटकै पैरबी गर्नु स्वभाविक पनि मानिन्छ । किनकी प्रतिनिधि हार र जितमा समावेश हुने ब्यक्ती हो ।   त्यसैगरी अन्य जनवर्गिय संगठनका ब्यक्ती पनि कुनै न कुनै गुंटमा आवद्धछन्। शुुभेच्छुक थिंकट्याकरले  गुंटको राजनीतिमा देखिनु उपयुक्त हैन यहां त सबैले राजनीति गर्न खोज्दा बिग्रेको हो भन्ने पनि एमाले भित्र कम छैनन् ।   तथापि  एमालेको आठो. जिल्ला अधिवेशनमा अन्ततः केन्द्रीयता नै निर्णायक भुमिमा रहन सक्छ ।

अब अन्ततः एमाले जिल्ला नेतृत्व वीच आपसमा भिड्नै परेमा एमाले कार्यकर्ता तहमा चार वटा फ्याक्टर नै चुनाव हारजितको प्रमुख कारक  हुन सक्छन् । ती कारक मध्ये पहिलो गुटगत, त्यसपछि भौगोलिक तथा जातीय वर्गीय कलष्टर अन्तिममा मनिमसल्सले पनि काम गर्ने छ। चारवटै कलष्टमा जो बोलियो छ उसकैको पोल्टोमा नेतृत्व जाने देखिन्छ । अहिले सम्म एमाले कार्यकर्ता पंक्तीमा जिल्ला अध्यक्ष आकांक्षी सार्वजनिक भएतापनि अन्य पदाधिकारी सदस्य उम्मेदवारको खाका बाहिर आइसकेको छैन ।

अन्तः  एमाले पार्टी संगठनको आन्तरिक जीवनलाई थप व्यवस्थित पार्न  । संगठन भित्र सुशासन  पारदर्शिता, जबाफदेहिता कायम गरेर जिल्लाको  समग्र समृद्धीको लागि पार्टीगत एजण्डा स्थिापित गर्ने बलियो  प्रतिवद्ध आधार भएको  उम्मेदवारको आवश्यकता छ।  यद्येपी पछिल्लो पुस्ताका  एमाले नेता कार्यकर्ता पनि गुंटगतरुपमा आफ्नो उम्मेदवारी बलियो साबित गर्ने ध्याउन्नमा देखिन्छन् ।

   एमालेमा एक सय दश बढी  जिल्ला कमिटी र २५ जना सल्लाहाकार रहने व्यवस्था छ । शुक्रवार रातभर सहमतिको प्रयास हुनेछ भने नमिले शनिवार  मतदान प्रक्रिया सुरु हुने एमाले श्रोतले बताएको छ।