एक्सन दृश्यमा पललाई चोट



काठमाडौं ।

रावायणको एक्सन दृश्य सुटिङ गर्ने क्रममा नायक पल शाहलाई चोट लागेको छ।

सुटिङका क्रममा उनको हातमा चोट लागेको रावायण युनिटले जानकारी गराएको छ। घटनापछि पलले सर्लाहीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराएका छन्।

स्वास्थ्यकर्मीले उनको हातमा टा“का लगाइदिएका छन्। पल सर्लाहीको लालबन्दी जंगल क्षेत्रमा सुटिङ गर्ने क्रममा घाइते भएका हुन्।

प्रतिक्रिया दिनुहोस्