हेलीको तस्वीरले हंगामा

56
Shares

काठमाडौं ।

अमेरिकी अभिनेत्री हेली ब्यारीका केही नग्न तस्वीर हाल इन्टरनेटमा भाइरल भइरहेका छन्। तस्वीरमा हेलीले बार्दलीमा उभिएर वाइनको चुस्की लिइरहेको देख्न सकिन्छ। जसमा उनको शरीरको पछाडिको भाग नग्न देखिन्छ।

हेलीको यो तस्वीर भने उनकै पति एवम् गायक भ्यान हन्टले सेयर गरेका हुन्। हालै भ्यानको इन्स्टाग्राम खाताबाट हेलीका यी तस्वीर बाहिरि“दा उनका फ्यान अचम्मित भएका थिए। तस्वीर बाहिरिएपछि हंगामा मच्चिएको छ। तस्वीर पोष्ट गर्दै हन्टले आफूले त्यसो गर्न नहुनेसमेत लेखेका छन्।

सन् २०२३ को अप्रिलमा हेली आपैmंले सोही बार्दलीमा उभिएर मदिरा पिउँदै गरेको एक फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। उनले आफूले जे चाहेको छ, त्यही मात्र गर्ने उल्लेख गरेकी थिइन्।

हेली र भ्यान सन् २०२० देखि प्रेम सम्बन्धमा छन्। हेलीका पूर्वप्रेमी ग्रेबियला आब्री र पूर्वपति ओलिविएर मार्टिनेजबाट दुई सन्तान रहेका छन् भने भ्यानबाट एक सन्तान छन्।

उमेरले ५७ लागेकी हेलीले सुन्दरता र लुक्सका कारण चर्चामा रहन्छिन्। भ्यान भने ५४ वर्षका भए। उनीहरू प्रेमी प्रेमीका भनिए पनि गोप्यरूपमा विवाह गरेको हुनसक्ने अमेरिकी सञ्चारमाध्यमले अड्कल काटेका छन्।