मोदीबेनी साउनमा



काठमाडौं ।

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा भएको अविश्वसनीय घटनामा आधारित फिल्म मोदीबेनी आगामी साउन १८ गते रिलिज हुने भएको छ।

शंकर कोइरालाद्वारा निर्देशित फिल्ममा अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् भने उनको अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटीले अभिनय गरेकी छन्।

अभिनेत्री रेजिना उप्रेतीले करिब १२ वर्षपछि यही फिल्मबाट कमब्याक गरेकी छन्। निर्देशक कोइरालाले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका छन्।

अमर, वर्षा र रेजिनासहित प्रवीण खतिवडा, सरोज खनाल, दिलिप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिसलगायतले अभिनय गरेको फिल्म डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा दिलिप केसीले निर्माण गरेका हुन्।

फिल्ममा आनन्दविक्रम क्षेत्रीको लेखन, उत्सव दाहालको छायांकन निर्देशन र भरत रेग्मीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्