डा. गोविन्द केसीले तोडे अनसन



काठमाडौँ । 

डा. गोविन्द केसीले अनसन तोडेका छन् । वैशाख २९ गतेदेखि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका थिए ।

पशुपति क्षेत्रमा अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई शिक्षण अस्पताल महाराजगंज लागिएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२‍औँ अनसन तोडेका हुन् । उनले सरकारले आफ्नो अनसन बेवास्ता गरेको भन्दै अनसन तोडेको बताएका छन् ।

केसीले राखेका चार बुँदे माग

१. सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा। निष्पक्ष रुपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिस्चित गरियोस्।

२. सवै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधि – उपचारको व्यवस्था गरियोस्।

३. जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँच सम्बन्धी – गेटामा तुरुन्त प्रतिष्ठान संचालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज/प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी ऐन तुरुन्त पारित गर्न लगायत सवै सम्झौताहरु कार्यान्वयन गर्न।

४. कार्की आयोगले दोषी ठहऱ्याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्