चलचित्र पत्रकारिता दिवसमा ७ पत्रकारलाई सम्मान

350
Shares

काठमाडौं ।

नेपाल समाचारपत्रका वरिष्ठ समाचार सम्पादक विदुर गिरीलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८१ बाट सम्मानित गरिने भएको छ।

चलचित्र पत्रकार संघ नेपालले आगामी सोमबार २५औँ वार्षिकोत्वसको अवसर पारेर संघका पूर्व अध्यक्षसमेत रहेका गिरीलाई ५५ हजार पाँच सय ५५ रुपियाँसहित चलचित्र पत्रकारिता रजत सम्मान २०८१ बाट सम्मान गर्न लागेको हो।

राजधानीमा हुने वार्षिकोत्सव समारोहमा गिरीसहित अन्य सात चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको संघका महासचिव रघुनाथ सापकोटाले जानकारी गराए।

मंगलबार संघका अध्यक्ष समिर बलामीको अध्यक्षतामा केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले यस वर्षका लागि सम्मानित तथा पुरस्कृत हुने पत्रकार छनोट गरेको थियो। सो अवसरमा पत्रकार कृष्ण भट्टराई र राज श्रेष्ठलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित गरिने भएको छ।

त्यसैगरी पत्रकार सुरज खड्का र अशेष अधिकारीलाई जनही नगद ५१ हजार रुपियाँसहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिनेछ भने शिव पुन र मदन रिजाललाई जनही २५ हजार रुपियाँसहित क्रमशः राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता र राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने महासचिव सापकोटाले जानकारी गराए।

संघले हरेक वर्ष जेठ ७ गते संघको स्थापना भएको दिनलाई चलचित्र पत्रकारिता दिवसको रूपमा मनाउँदै आएको छ। यस अवसरमा कला जगत्मा योगदान पु¥याउ”दै आएका पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ।