ज्ञानु राणालाई दीर्घ साधना सम्मान



काठमाडौं ।

वुमेन्स एरा एन्ड मिडिया ग्रुप नेपालको आयोजनामा राजधानीमा हालै चौथो संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि रक्षमन्त्री हरिप्रसाद उप्रेतीले ख्यातिप्राप्त गायिका ज्ञानु राणालाई दीर्घ साधाना सम्मानबाट सम्मानित गरे। सिक्किमका साहित्यकार जीवन शर्मालाई हिमालयन गीत/संगीत विशेष सम्मान र फिल्म निर्मात्री तथा अभिनेत्री रुश्मा राईलाई हिमालयन फिल्म विशेष सम्मानबाट सम्मानित गरिएको कार्यक्रममा पत्रकार विजयरत्न तुलाधरलाई नगद १० हजारसहित हिमालयन पत्रकारिता रजत सम्मान, पत्रकार शान्तिप्रियलाई हिमालयन पत्रकारिता विशेष सम्मान, विनोद देवकोटालाई हिमालयन पत्रकारिता सम्मान र किरणप्रसाद अधिकारीलाई मोफसल पत्रकारिता सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा भजनतर्फ ज्ञानेन्द्र गदाल, राष्ट्रिय गीततर्फ गोपालप्रसाद थपलिया, आधुनिक गीततर्फ प्रकाश सुवेदी र प्रतिमा गुरुङ, आधुनिक संगीततर्फ महेश्वर पन्त, आधुनिक संगीत संयोजनतर्फ बलराम राजवंशी, आधुनिक गायनतर्फ हेमन्त शिशिर र समीक्षा अधिकारी, आधुनिक युगल गायनतर्फ रमेश पाठक र रचना रिमाल, आधुनिक गीत भिडियो निर्देशनतर्फ सोनाम पाख्रिन, आधुनिक गीत भिडियो मोडलतर्फ राज टाइगर र सरस्वती खत्री विजेता भए।

त्यस्तै, ध्वनि मिश्रणमा कुमार केसी, छायांकारमा गंगाराम राई, सम्पादकमा दिन्शन शाह, गजलमा डा. कृष्णहरि बराल, लोकपपमा सुरेन गौतम, आधुनिक नवगायकमा स्याडरोज, आधुनिक नवगीतकारमा गणेश घिमिरे, नवमोडलमा एलिना थपलिया, लोक तथा दोहोरी गायनमा चेतबहादुर बुढाथोकी र काव्य आचार्य, लोक तथा दोहोरी शब्दमा कृष्णभारद्वाज, लोक तथा दोहोरी लयमा मदन नेपाली (सुफिक्स), लोक तथा दोहोरी गीत निर्देशनमा जनक सिंह, लोक तथा दोहोरी मोडलमा सागर लम्साल, एन जेड सालु, टेलिफल्ममा रश्मि पाण्डे माकुरी र शृंगारमा विक्रम गौतमले अवार्ड प्राप्त गरे।

त्यसैगरी सांस्कृतिक गीतमा छिरिङ लामा, लोक तथा दोहोरी गीतमा सुमी पराजुली, आधुनिक मोडलमा रोशन श्रेष्ठ र टेलिफिल्ममा सरिता राजोपाध्यायले जुरी अवार्ड तथा सुवाषकुमार मण्डलले इन्करेजमेन्ट अवार्ड र सुरज श्रेष्ठले पब्लिक च्वाइस अवार्ड प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्