खुला राष्ट्रिय कविता प्रतियोगिताका लागि १६ कविता छनोट 



 खोटाङ। 

खोटाङको दिक्तेलबजारमा आयोजना हुने राष्ट्रिय कविता लेखन प्रतियोगिताका लागि १६ जना कवि/ कबियत्रीको कविता प्रारम्भिक छनौटमा परेका छन् ।  वैशाख ३१ अर्थात् सोमबारदेखि जेठ १० गतेसम्म सञ्चालन हुने  ‘बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ मा उक्त विधा अन्तर्गत देशका विभिन्न जिल्लाका कवि/ कबियत्रीका कविता प्रारम्भिक छनोटमा परेका हुन ।

  खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने बृहत उद्देश्यका साथ नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ११ दिने महोत्सवमा जेठ -३ गते बिहीबार त्रीधार्मिकस्थल हलेसीमा कविता विधाको आयोजना हुने छ । उक्त इभेन्टमा अनिल अदृश्य धनकुटा, किरण सिवा सुनसरी, चेतन न्यौपाने तनहुँ, जीवन चाम्लिङ उदयपुर, ज्ञान्दिप चाम्लिङ खोटाङ, नानुमैया दाहाल खोटाङ, प्रकाश आचार्य( भावुक) खोटाङ, प्यासी खोटाङ लगायतका कविता छनौटमा परेका छन् ।५० बढी कबितामध्येबाट बाबुराम श्रेष्ठ( यात्री) सिन्धुली, मौसम आचार्य खोटाङ रणबहादुर राना कालिकोट, रमिला राई खोटाङ, सकिला राई भोजपुरका कबिताहरु छनौट भएका छन् ।

 यस्तै, सङग्राम किराँती भोजपुर, सोनाम सज्जन किराँती खोटाङ र हेम बास्तोला(भावुक)को कविता वाचनका लागि छनौट भएको सहअयोजक रावासावा प्राज्ञिक समाज नेपालका अध्यक्ष बम बानिया(तरङ्ग) जनाए ।  कविता लेखन तथा खुला गायन प्रतियोगिताका लागि  खोटाङ कलाकार समाज काठमाडौँ,रावा-सावा प्राज्ञिक समाज नेपाल र ट्याम्के–तुवाचुङ प्रतिष्ठान खोटाङको सहकार्य रहेको छ ।  कविता लेखन इभेन्टमा  र ६ गते हुने गायन विधामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमशः ४० हजार, २५ हजार, १७ हजार, ११ हजार र ७ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।   कविता लेखन तथा वाचनका लागि खोटाङका रामविक्रम थापा, वेदिकुमार राई र भोजपुरका कविता राई प्रारम्भिक छनौट समितिमा रहेका थिए।

   कविता इभेण्टस्मा कवि तथा गीतकार भूपाल राई, जसराज किराँती, डाक्टर धनप्रसाद सुबेदी, डाक्टर कृष्णराज अधिकारी,रिमा केसी, बम बानियाँ(तरङ्ग) , मिल्सन राई, केशव सिलवाल लगायतका स्रष्टा- सर्जकहरुको कविता प्रस्तुत हुने जनाइएको छ ।

   खेलकुद, पर्यटन, साहित्य र सङ्गीतको माध्यमबाट जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने उद्देश्यले बृहत् महोत्सवको आयोजना गरिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले उल्लेख गरे । खोटाङलाई पर्यटकीय जिल्लाको रूपमा स्थापित गराउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र आगामी १५ वर्षभित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने अमेत महोत्सवको उदेश्य छ ।

    खुला हाफ म्याराथन तथा विभिन्न उमेर समूहको दौड प्रतियोगिता भने वैशाख ३१ गते उद्घाटनको दिन नै सम्पन्न भइसकेको छ ।
नेपाल कराँते महासङ्घ खोटाङको संयोजन र नेपाल सितोरियो कराँते सङ्घ खोटाङको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्