बालेन कान्स फिल्म फेस्टिवलमा

364
Shares

काठमाडौं ।

काठमाडौं महा नगरपालिकाका प्रमुख तथा र्‍यापर बालेन्द्र (बालेन) साह विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७७ औं संस्करणमा सहभागी हुन आज मंगलबार फ्रान्स जाने भएका छन्।

बालेनका साथमा उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनील लम्साल पनि जानेछन्। कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फेस्टिभलमा सहभागी हुन लागेका महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी गराए।

साह कान्स फिल्म फेस्टिभलमा हुने विभिन्न कार्यक्रममा सहभागी भई ६ गते नेपाल फर्कनेछन्। कान्सका मेयरले बालेनलाई पठाएको निम्तो पत्रमा फेस्टिभल फिल्मको क्रिएटिभ सहरलाई एकठाउँमा ल्याउने अवसरको रूपमा उल्लेख गरिएको र भेटमा अन–एयर भनिने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुने उल्लेख छ।

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले गतवर्ष काठमाडौंलाई फिल्मको रचनात्मक सहरको रूपमा सूचीकृत गरेको थियो।

फ्रान्सको कान्स सहर पनि फिल्मको क्रिएटिभ सिटीको एक सदस्य हो। १२५ मेसम्म हुने फेस्टिभलमा नेपाली कलाकार र प्राविधिकको संग्लग्नता रहेको र नेपालमा छायांकन भएको द सेमलेस र नेपाली भाषमा बनेको फिल्म तारा : अ लस्ट स्टार छनोट भएका छन्।