रुबीभ्याली विकासको  सुरु एमालेले गरेको हो : डा. कँडेल

नरमान तामाङ, अध्यक्षमा सर्वसम्मत



धादिङ । 

नेकपा एमाले रुबीभ्याली गाउँपालिका कमिटिको दोस्रो पालिका अधिवेशन पेन्तिसियामा सम्पन्न भएको छ ।
नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले अधिवेशन उद्घाटन गर्दै रुबीभ्याली विकास एमालेले सुरु गरेकोले अब फेरि एमाले विना विकास सम्भव नहुने बताए ।

आफू राष्ट्रिय योजना आयोगमाउपाध्यक्ष  हुँदा रुबीभ्याली एकीकृत विकास कार्यक्रमको खाका बनाउन गाउँपालिकालाई भनेपनि बजेट  खर्च गरेपनि  खासै काम नगरेको र तत्कालीन  गाउँपालिकाले वास्ता नगरेको डा. कँडेलको भनाई छ ।

राष्ट्रिय योजना आयोगमा रहँदा डा. कँडेलले योजना बनाएर धादिङबेसी तिप्लिङ, स्याप्रुबेसी सडक पक्कि बनाउन बहुवर्षीय रुपमा काम सुरु, ७ पुलको लागि योजना गरिएको बताए ।

नेकपा एमाले रूविभ्यालि गाउँपालिकाको दोस्रो अधिवेशनबाट नरमान तामाङलाई  सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा निर्माण तामाङ, सचिवमा मूलबहादुर तामाङ, उपसचिवमा राम घले निर्वाचित भएका छन् ।

अधिवेशनमा  नेकपा एमाललेका केन्द्रीय सदस्य  धर्मदत्त देवकोटा, एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, केन्द्रीय लेखा आयोगका सदस्य मिनराज कँडेल लगायतले शुभकामना व्यक्त बगरेका थिए ।

प्रतिक्रिया दिनुहोस्