नेपाल आइडलको पाँचौं संस्करणमा सुनिल विश्वकर्मा छनोट



काठमाडौं ।

नेपालको पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज गायन रियालीटी सो नेपाल आइडलको पाँचौ संस्करणमा कास्कीका सुनिल विश्वकर्मा उत्कृष्ट ९ जनामा पर्न सफल भएका छन् ।

पामे पोखराका सुनिल विकले उत्कृष्ट ९ मा छनोट भएपछि अब टप ८ का लागि प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल आइडलको अडिसन राउण्ड देखी नै उत्कृष्ट लयमा रहेका विकले गत एपीसोडमा सुन साईली गीत गाएर देश विदेशमा रहने सम्पूर्ण नेपालीहरुको ध्यान तान्न सफल भएका छन । उनलाई उत्कृष्ट ८ भित्र पार्न भोटिङ खुल्ला गरिएको छ । भोटिङ यही बुधबार बिहान १० बजेसम्म रहेको छ , भोटिङका लागि मोबाइलको म्यासेज बक्समा गई १६ लेखेर ३७००० मा पठाउन सक्नुहुनेछ । नेपालबाट प्रभु पे, ईसेवा र विदेशबाट मोमो एप डाउनलोड गरेर पनि भोट गर्न सक्नुहुनेछ ।

सुनिलले हालसम्म अडिसन सहित १२ वटा दिएको प्रस्तुतीमा निर्णायकको भूमिकामा रहेका न्यू बज्रचार्य, इन्दिरा जोशी र कालिप्रसाद बास्कोटाले गायन क्षेत्रमा प्रचुर सम्भावना भएको भन्दै प्रसंशा गरेका छन् । गत एपीसोडमा सुन साईली गाउँदा उनले न्यू बज्रचार्य बाट चस्मा र कालिप्रसाद बास्कोटा बाट बाला पाएका छन् साथै यसै गीतका गीतकार हर्क साउतबाट पनि बाला पाएका थिए ।

लामो समयसम्म विदेशीएका बुवाको कर्तव्य निर्वाह, आमाले पसल चलाएर घर व्यवहार धानेको र आफ्ना दाजु संजीवले सानैदेखी संगीत क्षेत्रमा डोर्‍याएको पसिनाको मूल्य चुकाउन आफ्नो गायन क्षेत्रलाई समेत समय दिएको बताउँदै गायन क्षेत्रलाई थप उचाईमा पुर्‍याउने भन्दै निरन्तर मिहिनेत गरिरहेका छन् ।

उनले ६ वर्षको उमेरमा राम्रो गीत गाएर गुरुबाट निशुल्क संगीत सिक्न पाएका थिए । १४ वर्षसम्म अनवरत संगीतमा लागेका सुनिलले सानोमा चाउचाउ बिस्कुटको आशमा गाउने गर्दथे । एका विहानै रागको धुनमा तल्लीन हुने सुनिल परिवारको जिम्मेवारीलाई समेत निभाइरहेका छन् भने उनको प्रस्तुती दर्शक श्रोताले समेत मन पराईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्