म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी



काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै उपाधि दौडमा आफूलाई कायमै राखेको छ। गए राति सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो।

आर्सनलका लागि लीन्द्रो ट्रोसार्डले खेलको २०औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको छ। ३७ खेलमा आर्सनलको ८६ अङ्क रहेको छ। त्यस्तै एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३६ खेलमा ८५ अङ्क रहेको छ।

अब आर्सनलले आफ्नो अन्तिम लिग खेल मे १९ मा एभर्टनसँग खेल्ने छ । त्यस्तै म्यानचेस्टर सिटीले भने मे १५ मा टोटनह्याम र मे १९ मा वेस्टह्यामको सामना गर्ने छ। त्यसै गरी यो हारपछि म्यानचेस्टर युनाइटेडको भने ३६ खेलमा ५४ अङ्क रहेको छ र लिगमा आठौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्