निक साइमन्स इन्सिच्युटका संस्थापक जिम साइमन्सको निधन 



काठमाडौं। 

नेपालको स्वास्थ्यमा योगदान गरिरहेको निक साइमन्स इन्सिच्युटका संस्थापक जिम साइमन्सको निधन भएको छ। गणित विज्ञ तथा अमेरिकाकै धनी मध्येका एक साइमन्सको ८६ वर्षको उमेरमा निधन भएको  रोयटर्सले जनाएको छ।

उनको अमेरिकाको म्यानहट्टनस्थित आफ्नै घरमा शुक्रवार निधन भएको हो। उनले गणितका क्वान्टम फिल्ड थ्यौरी, स्ट्रिङ थ्यौरी लगायत पत्ता लगाएका थिए। उनले सन् १९७५ मा ज्यामितिबाट अमेरिकाको राष्ट्रिय पुरस्कार पाएका थिए।

गणितलाई नै प्रयोग गरेर उनले ४० वर्षको उमेरमा लगानी क्षेत्रमा पाइला राखेका थिए। त्यही सुत्रबाट वार्षिक ६६ प्रतिशतसम्म उनको कम्पनीले नाफा हासिल गरेको थियो। उनीसँग हाल ३१ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ।

नेपालमा उनी छोरा निक साइमन्सका कारण आइपुगेका थिए। दिवंगत छोरा निक साइमन्सको चाहना अनुसार उनले नेपालको स्वास्य क्षेत्रमा सहयोग गर्दै आइरहेका छन्। सन् २००२ मा नेपाल आएका निकले आफ्नी आमासँग नेपालमा सेवा गर्ने चाहना रहेको सुनाएका थिए।

सन् २००३ मा इन्डोनेसियामा पौडी खेल्ने क्रममा डुबेर निकको मृत्यु भयो। छोराको चाहना अनुसार उनले नेपालका लागि निरन्तर योगदान दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्