सल्यानमा श्रीमान्-श्रीमती मृत फेला

श्रीमतीको  हत्यापछि आत्महत्या गरेको आशंका



सल्यान ।

सल्यानमा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा श्रीमान् श्रीमती मृत अवस्थामा  फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अन्दाजी ३४ वर्षीय मनोज बुढा झुन्डीएको अवस्थामा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढाको टाउको काटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए ।

उक्त घटना श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको उनले बताए । मनोज आफ्नै घर पछाडि झुन्डिएको अवस्थामा फेला परेका छन् भने कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भै शरीर एकातिर र टाउको तसलामा रहेको अवस्थामा देखिएको उनको भनाई छ । घटनाको अनुसन्धान गर्नको लागि प्रहरी प्रमुख डिएसपी नविक कार्कीको नेतृत्वमा घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्