सुनको मूल्य बढ्यो



काठमाडौं ।

नेपाली बजारमा पहेँलो धातुको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३८ हजार चार सय रुपैयाँ निर्धारण भएको छ।

त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३७ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३७ हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ।

शुक्रबार प्रतितोला एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय २५ रुपैयाँ निर्धारण भएको छ।

प्रतिक्रिया दिनुहोस्