संन्यास लिँदै एन्डरसन

1.13k
Shares

एजेन्सी ।

इङ्ल्याण्डका चर्चित फास्ट बलर जेम्स एन्डरसनले संन्यासको घोषणा गरेका छन्।  ४१ वर्षीय एन्डरसनले आगामी १० देखि १४ जुलाईसम्म वेष्ट इन्डिजविरुद्ध हुने टेस्ट क्रिकेटपछि सन्यास लिने घोषणा गरेका हुन्।

उक्त टेस्ट लर्डस्को मैदानमा आयोजना हुनेछ । एन्डसनले सन् २००३ मा लर्डस्मै टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए। उनले आफुले टेस्टमा डेब्यू गरेकै विश्व चर्चित लर्डस् क्रिकेट मैदानमा नै संन्यास लिने घोषणा गरेका हुन्।

एन्डरसनले इङ्ल्याण्डका लागि १ सय ८७ टेस्ट खेल्दै ७ सय विकेट लिन सफल भएका छन्। फास्ट बलरमा टेस्ट क्रिकेटमा सबैभन्दा बढी विकेट लिने एन्डरसन पहिलो खेलाडी हुन्। एन्डरसनले आफ्नो मुलुकको लागि २० वर्ष क्रिकेट खेल्नु गौरवको कुरा भएको बताएका थिए।