हाफ म्याराथनमा नरेन्द्र र पुष्पा पहिला



 सुर्खेत ।

कर्णाली प्रदेशको वीरेन्द्रनगरमा शनिबार सम्पन्न हाफ म्याराथनमा आर्मीका नरेन्द्र रावत र एपीएफकी पुष्पा भण्डारीले पहिलो स्थान हासिल गरेका छन् ।

पुरुषतर्फ पहिला भएका नरेन्द्रले २१ किलोमिटर दौड एक घण्टा ११ मिनेट २५ सकेण्डमा पुरा गरेका हुन्। यस्तै, एक घण्टा ११ मिनेट ४८ सेकेण्ड र एक घण्टा १३ मिनेट २३ सेकण्डमा दुरी पुरा गर्दै आर्मीका रामजी बस्नेत र प्रहरीका श्रीकेश राई क्रमशः दोस्रो र तेस्रो भए।

महिलातर्फको २१ किलोमिटर दौड पुष्पाले १ घण्टा २८ मिनेट १७ सकेण्ड समयमा पुरा गरिन् । यस्तै, आर्मीकी सिर्जना पाण्डेले दोस्रो स्थान हासिल गर्दा जुम्लाकी राज्यलक्ष्मी रावतले तेस्रो स्थान प्राप्त गरिन्। सिर्जनाले निर्धारित दुरी एक घण्टा ३२ मिनेट ४३ सकेण्डमा पार गर्दा रावतले एक घण्टा ३६ मिनेट ४० सकेण्ड समय लगाइन्।

प्रतियोगितामा शीर्ष तीन आउने दुबै विधाका खेलाडीले क्रमश ५५ हजार, ३० हजार र २० हजार नगद प्राप्त गरे। यस्तै, पाँच किलोमिटर छात्र दौडतर्फ अजय विश्वकर्मा पहिलो, नवराज बानियाँ दोस्रो र रमेश बुढा तेस्रो भए। छात्रातर्फ बिमला कार्की पहिलो भइन् भने दोस्रो स्थानमा पूर्णिमा बुढाथोकी रहिन्। लक्ष्मी शाहीले तेस्रो स्थान हासिल गरिन्। शीर्ष तीनले क्रमश १० हजार, सात हजार र पाँच हजार नगद प्राप्त गरेका थिए।

दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवर्द्धन गराउने इभेन्टका रूपमा स्थापित गराउने तथा आसन्न १० औँ राष्ट्रिय खेलकुदको प्रवद्र्धधन गर्ने गरी कर्णाली हाफ म्याराथन आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्