माईजोगमाईलाई हराउँदै इलाम फाइनलमा

84
Shares

इलाम ।

इलाम इलाम नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

शनिबार भएको सेमिफाइनल खेलमा माईजोगमाई गाउँपालिकालाई २–१ गोल अन्तरले हराउँदै इलामले फाइनलमा स्थान सुरक्षित गरेको हो। फाइनल प्रवेश गरेसंगै इलामले कम्तीमा १ लाख २१ हजार १ सय ११ रुपैया सुरक्षित गरेको छ । इलामको जितमा प्रिन्स शेर्पा र कप्तान प्रदिप बिष्टले गोल गरे। माईजोगमाईका लवकुश राईले एक गोल फर्काए ।

२५ औ मिनेटमा प्रिन्सले इलामलाई अग्रता दिलाए। ३८ औं मिनेटमा लवकुशले खेल बराबरीमा ल्याए। ४० औ मिनेटमा कप्तान प्रदीपले हेडरमार्फत गोल गर्दै इलामलाई फाइनलमा प्रवेश गराए। खेलको म्यान अफ दि म्याच इलामका डिफेन्डर पुष्कर दाहाल घोषित भए।

प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा देउमाई नगरपालिका र सूर्योदय नगरपालिका भिड्नेछन्। देउमाईले चुलाचुली तथा सूर्योदयले फाकफोकथुम गाउँपालिका र माई नगरपालिका हराएका थिए। आगामी बैशाख ३१ गते हुने फाइनल खेलको बिजेताले २ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ।