वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले गरे आत्मसमर्पण

4.6k
Shares

काठमाडौं ।

वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। कञ्चनपुर प्रहरीकाअनुसार ओडले इलाका प्रहरी कार्यालय झलारीमा बिहीबार आत्मसमर्पण गरेका हुन्।

उनकी श्रीमतीले गत चैत २० गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्। ओडविरुद्ध जाहेरी परेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

गत बिहीबार उनी आफैं कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट पाँच दिनको म्याद थप गरेको छ।