मुम्बईलाई हराउँदै प्ले अफमा पुग्यो कोलकाता

770
Shares

काठमाडौं ।

कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा छनौट भएको छ। गए राति सम्पन्न खेलमा कोलकाताले मुम्बई इन्डियन्सलाई पराजित गरेसँगै प्ले अफमा आफ्नो स्थान पक्का गरेको हो।

कोलकाताले मुम्बईलाई १८ रनले पराजित गरेको थियो। वर्षाले प्रभावित भएपछि १६-१६ ओभर खेलाइएको खेलमा कोलकोताले दिएको १५८ रनको लक्ष्य पछ्याएको मुम्बईले १६ ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले १६ ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । यो जितपछि कोलकाताको १२ खेलमा १८ अङ्क भएको छ र प्ले अफमा छनौट भएको छ।

त्यसै गरी मुम्बईको भने यो नवौँ हार हो । १३ खेलमा ८ अङ्क रहेको मुम्बई नवौँ स्थानमा रहेको छ र मुम्बई प्ले अफको दौडबाट यसअघि नै बाहिरिएको छ।