अल हिलालले जित्यो साउदी लिगको उपाधि



काठमाडौं ।

अल हिलालले साउदी प्रो लिगको उपाधि जितेको छ। शनिबार राति सम्पन्न खेलमा अल हिलालले अल हाजमलाई ४-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको लिगको उपाधि जितेको हो।

अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिकले एक गोल गरेका थिए। त्यसै गरी  अहमद अल जुवैदले एक गोल आत्मघाती गोल गरेका थिए। त्यसै गरी अल हाजमका लागि फैज सेलेमानीले एक गोल गरेका थिए। यो जितपछि अल हिला यस सिजनमा अपराजित रहँदै ३१ खेलमा ८९ अङ्क हासिल गरेको छ।

अल हिलालले आफ्नो ३१ खेलमा २९ जित र २ बराबरी खेलेको छ। अल हिलालले यस सिजनको लिग ३ खेल अघि नै जितेको छ। दोस्रो स्थानमा रहेको अल नासर ३१ खेलमा १२ अङ्कले पछि रहेको छ।

यो अल हिलालको १९औँ लिग उपाधि हो। अल हिलाल साउदी लिग सबैभन्दा बढी पटक जित्ने क्लब समेत हो। अल हिलालपछि अल इतिहाद र अल नासरले ९-९ पटक लिगको उपाधि जितेका छन्।

प्रतिक्रिया दिनुहोस्