खिजी देम्बामा अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण

1.5k
Shares

ओखलढुंगा ।
ओखलढुंगाको खिजी देम्बा गाउँपालिकाले पालिका भरि रहेका अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र अध्यावदिक गर्ने कामको थालनी गरेको छ । पालिकाले  वडा स्तरीय शिविर सञ्चालन गरी पालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई नयाँ परिचय पत्र वितरण गर्नुका साथै पुरानो परिचय पत्र बालाहरूको नवीकरण गर्ने कामको थालनी गरेको हो ।

कार्यक्रम कोसी प्रदेश सरकार, खिजी देम्बा गाउँपालिका र करुणा फाउन्डेसनको साझेदारीमा सञ्चालित कार्यक्रम अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गत खिजी देम्बा गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको खिजी देम्बा गाउँपालिकाका उपाध्यक्ष शुसिला तामाङले बताएका छन् ।

गाउँपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरूको वास्तविक पहिचानका लागी शिविर सञ्चालन गरिएको समेत गाउँपालिका उपाध्यक्ष शुसिला तामाङले बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूलाई हिड डुल गर्न समस्या हुने भएकाले अपाङ्गता भएका व्यक्तिहरूको वास्तविक पहिचानका लागी चिकित्सकहरूको टोली सहितको शिविर सञ्चालन गरिएको समेत  उपाध्यक्ष तामाङले बताएका छन् ।

पालिकाको ९ नंं वडा र ६ नंं. वडामा शिविर सञ्चालन गरी सकेको र वडा नं. ४ मा यही बैशाख ३० गते शिविर सञ्चालन गरिने खिजी देम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुनुवारले बताएका छन् । यसै गरी पालिकाको ३ नं।वडामा ३१ गते, जेठ १ गते वडा नं. १ मा, वडा नं. २ मा २ गते, वडा नं. ८ मा ३ गते, वडा नं. ७ मा ४ गते र वडा नं. ५ मा ५ गते शिविर सञ्चालन गरिने खिजी देम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुनुवारले बताएका छन् ।

शिविरमा अपाङगताको प्रकृति हेरेर नयाँ परिचय पत्र वितरण गरिनुका साथै पहिला वितरण गरिएको परिचयपत्रको त्रुटि समेत सच्याइने खिजी देम्बा गाउँपालिकाका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख मनु उपपाध्याले बताएका छन् ।