कर्णेश्वरमा विद्यार्थीहरुलाई पोसाक वितरण



धादिङ ।

नीलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको कर्णेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरिएको छ ।
विद्यालयको आयोजना  तथा लाइनस क्लब अफ नेपाल हाइलाईट सोह्रखुटे काठमाडौँको सहयोगमा २ सय २० जना विद्यार्थीहरुलाई निःशुल्क रुपमा पोसाक वितरण गरिएको हो ।

कर्णेश्वर माध्यमिक विद्यालयमा ग्रामीण भेगबाट अध्ययन गर्न आउने छात्र-छात्राहरुको शैक्षिक  गुणस्तर सुधार तथा विद्यालयमा पोसाकमा एक रुपता ल्याउने उद्देश्यको साथ विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारीले बताए ।

पोसाक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख अतिथि नीलकण्ठ नगरपालिका वडा नं ७ का वडा अध्यक्ष गौतमहरी अधिकारीले नीलकण्ठ नगरपालिकाले शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा स्थानीय सरकार भएको अनुभूति हुने ढंङ्गले विकासको काम  गरेको बताए ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै  विशेष अतिथि समेत रहेका  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले विद्यालय पोसाक वितरण गरेको लाइनस क्लब अफ नेपाल हाइलाईटलाई धन्यवाद दिए । उनले आगामी दिनहरुमा पनि विद्यालयकोे शैक्षिक गुणस्तर, भौतिक सुधार र विभिन्न अतिरिक्त क्रियाकलापहरुको निम्ति आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् ।

विपन्न, गरिब समूदाय, विद्यार्थीका लागि विद्यालय पोसाक आवश्यक भएको भन्ने सूचना पाएपछि विद्यालय पोसाक उपलब्ध गराएको लाइनस क्लब अफ नेपाल हाइलाईट सोह्रखुटे काठमाडौँका अध्यक्ष राजन बुर्लाकोटीले बताए ।

प्रतिक्रिया दिनुहोस्