प्रधानमन्त्रीले प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि पालिकाभरी सार्वजनिक बिदा

1.88k
Shares

काठमाडौं ।

 सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएपछि आज सार्वजनिक बिदा दिइएको छ। दार्मा गाउँपालिका-३ मा रहेको पालिकाको प्रशासकीय भवनको उद्घाटन बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ।

भवन उद्घाटन प्रधानमन्त्रीले गर्ने भएपछि आज पालिका भरी सार्वजनिक बिदा दिइएको छ। गाउँ कार्यपालिकाको वैशाख २२ गते बसेको बैठकले आज वैशाख २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।