आईपीएलमा पञ्जावमाथि बैंगलुरुको सहज जित

406
Shares

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई ६० रनले पराजित गरेको हो।

बैंगलुरुले दिएको २४२ रनको लक्ष्य पछ्याएको पञ्जाव १७ ओभरमा १८१ रन बनाएर अलआउट भयो। यसअघि पहिला ब्याटिङ गरेको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउँदै २४१ रन बनाएको थियो। बैंगलुरुका लागि विराट कोहलीले सर्वाधिक ९२ रन बनाएका थिए।

यो जितपछि बैंगलुरुको १३ खेलमा १० अङ्क भएको छ र अङ्क तालिकामा आठौँ स्थानमा रहेको छ। त्यस्तै पञ्जावको भने यो हारपछि प्लेअफको सम्भावना समाप्त भएको छ।

१२ खेलमा ८ अङ्क रहेको पञ्जाव अङ्क तालिकामा नवौँ स्थानमा झरेको छ। यसका साथै यस सिजनमा मुम्बई इन्डियन्सपछि पञ्जाव प्लेअफको दौडबाट बाहिरिएको छ।