एमाले रामेछापको अध्यक्षमा कडेरिया चयन

224
Shares

रामेछाप ।

नेकपा एमाले रामेछापको अध्यक्षमा पुरुषोत्तम कडेरिया सर्वसम्मत चयन भएका छन् । अध्यक्ष पदका लागि कडरिया र प्रेमबहादुर तामाङले मनोनयन दर्ता गराएका थिए।   तामाङले सहमतिको लागि मनोनयन फिर्ता लिएपछि कडेरिया सर्वसम्मत भएका हुन् ।

दुवै जना निर्वाचित भएको औपचारिक घोषणा भने हुन बाँकी प्रमुख निर्वाचन अधिकृत नवराज पथिकले बताए। यस्तै सचिव प्रकाशकुमार कार्की चयन भएका छन्। प्रमुख निर्वाचन अधिकृत पथिकका अनुसार लेखा कमिटीको अध्यक्षमा रामप्रसाद देवकोटा सर्वसम्मत चयन भएका छन् । जसको उपाध्यक्षमा तेजबहादुर बोहरा र सचिवमा तिलक कार्की चयन भए।

अध्यक्ष, सचिव सर्वसम्मत भए पनि उपाध्यक्ष र उपसचिवका लागि भने प्रतिस्पर्धा हुने भएको छ। उपाध्यक्ष पदका लागि होतराज ढकाल, ध्रुवकुमार कार्की, रमेशकुमार वाग्ले र ज्ञानबहादुर खड्काको उम्मेदवारी परेको छ।

त्यस्तै उपसचिवमा मिलनकुमार घिसिङ, दिनेश सुवेदी र राजेन्द्रकुमार कार्कीको बिच प्रतिस्पर्धा हुने भएको छ। महिला उपसचिवमा मखमली श्रेष्ठ, मञ्जु माया कार्की, कमला शर्मा क्षेत्रीको मनोनयन परेको नेकपा एमाले जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।