रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

322
Shares

काठमाडौं ।

रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। गए राति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-३ को नतिजासहित रियल म्याड्रिड फाइनलमा पुगेको हो।

यस खेलमा १-० ले पछि परेको रियल म्याड्रिडले खेलको ८८औ र ९१औँ मिनेटमा गोल गर्दै जित हासिल गरेको थियो।  रियल म्याड्रिडका लागि दुवै खेल जोसेलुले गरेका थिए। त्यस्तै बायर्न म्युनिखका लागि एक गोल अलफोसनो डाभिजले गरेका थिए।

यस अघि सम्पन्न सेमिफाइनलको पहिलो लिग २-२ गोलको बराबरीमा सकिएको थियो। योसँगै रियल म्याड्रिड १८औँ पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।  रियलले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिग जितेको छ र विश्वमा सबैभन्दा बढी पटक च्याम्पियन्स लिग जित्ने क्लब हो।

अब रियल म्याड्रिडले फाइनलमा जर्मनी क्लब बोरुसिया डोर्टमण्डको सामना गर्ने छ।  फाइनल खेल जुन २ मा लण्डनस्थित विम्बली स्टेडियममा हुने छ।