कांग्रेस संसदीय दलको बैठक बस्दै

470
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ। कांग्रेसले शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनबारे छलफल गर्न आज दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको हो।

बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ। सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न  संसदीय समितिको माग गर्दै यस अघिको संसद् अधिवेशन अवरुद्ध गरेको कांग्रेसले शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशन अवरुद्ध गर्ने बताउँदै आएको छ।