आलियामाथि दिपिका र कट्रिनाको नक्कल गरेको आरोप

168
Shares

काठमाडौं ।

बलिउड अभिनेत्री आलिया भट्ट फेसनको ममलामा अगाडि नै छिन्। आलिया नयाँ नयाँ फेसन तथा कपडामा प्रयोग गरिरहेकी हुन्छिन्।

हालै न्युयोर्कको मेट्रोपोलिटन स्लिपिङ ब्युटिज : रिवेकनिङ फेसननामक थिममा सम्पन्न मेट गाला फेस्टिभलमा सहभागी भएकी आलियाले आफूलाई सारीमा प्रस्तुत गरिन्। आलियाको मेट गालामा सहभागी हुँदाका ती तस्वीर हाल सामाजिक सञ्जालमा लोकप्रिय भइरहेका छन् ।मानिसहरूलाई आलियाको भारतीय लुक निकै मन परेको छ।

अर्कातिर आलिया ट्रोलसमेत भइरहेकी छन्। सामाजिक सञ्जालमा आएका प्रतिक्रियामा मानिसहरूले आलियालाई बलिउड अभिनेत्रीहरू दीपिका पादुकोण र कट्रिना कैफको लुक्सको नक्कल गरेको आरोप लगाएका छन्।

कट्रिनाले आफ्नो विवाहको फोटोसुटका दौरान र दिपिकाले सन् २०१७ मा एक अवार्ड समारोहमा सहभागी हुने क्रममा आलियाको जस्तै फ्लोरल सारी लगाएकी थिइन्।

सो समयमा दिपिका र कट्रिनाको पहिरनको तारिफ भएपछि आलियाले पनि सोहीअनुसारको पहिरन मेट गालाको लागि छनोट गरेको दर्शकको आरोप छ।